काठमाडौं । बितेको २४ घन्टामा मुलुकभर थप ४ हजार ४७ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
त्यति नै अवधिमा थप ९ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
पछिल्लो २४ घन्टामा १ हजार ४७३ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ । मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६४५ छ ।