पोखरा । मिस युनिभर्स नेपालको यस वर्षको संस्करणमा पोखराकी सृष्टी आचार्यले प्रतिस्पर्धा गर्दैछिन् ।
अहिले ५० प्रतिस्पर्धी भित्र पर्नका लागि मेहनत गरिरहेकी उनी आफू छनाेट हुनेमा आशावादी छन् । उनी पोखराकी एक्ली प्रतिस्पर्धी हुन् ।
‘मैले गरिरहेको मेहनतअनुसार ५० जना भित्र छनाेटमा पर्छु भन्नेमा आशावादी छु, मेहनत पनि गरिरहेकी छु, तर अहिले लाइकको आवश्यकता छ,’ उनले भनिन् ।
एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोर र एप्पल प्रयोगकर्ताले एप स्टोरमा गई मिस युनिभर्स नेपालको एप डाउनलोड गरी लाइक गर्न सक्नेछन् ।
‘एपमा गएपछि मेरो प्रोफाइल नआउँदा सम्म स्क्रोल गर्नुपर्छ र मेरो प्रोफाइल आएपछि अपलोड गरिएका सबै भिडियोमा लाइक गर्नुपर्ने हुन्छ,’ सृष्टीले भनिन् ।
५० प्रतिस्पर्धी भित्र छनाेट भएमा अझ बढी माया र साथको आवश्यकता रहेको उनी बताउँछिन् ।
पोखरामा मोडलिङमा क्रियाशिल सृष्टी मिस गण्डकी तेस्रो सिजनको सेकेण्ड रनरअप हुन् । उनी आफैं हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजकसमेत हुन् ।