• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

बलात्कार घटना मिलाउन खाेज्ने पञ्चयाती धरौटीमा रिहा

  •  मेन समाचार संवाददाता
  • २७ आश्विन २०७७, मंगलवार २०:०८ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    सप्तरी । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले आज बालसुधारगृह पठाउने आदेश गरेको छ ।

    सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा दुई आरोपितलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश भएको अदालतले जनाएको छ ।

    अभियुक्तसहित डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डल तथा अठार वर्षमुनिका दुई जना र चार जनाले भदौ २९ गते बिहान बलात्कार गरेको उजूरी गर्न गाउँका पञ्चले रोक लगाएपछि भदौ ३० गते पीडितले आत्महत्या गरेको भनी इलाका प्रहरी कार्यालय, कल्याणपुरमा उजूरी दर्ता छ ।

    बलात्कारको उजूरी गर्न रोक लगाउने तीन पञ्चलाई आत्महत्या दुरुत्साहन मुद्दामा जनही १ लाख १० हजार धरौटी माग गर्ने आदेश भएको छ ।

    पक्राउ परेका पञ्च जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल धरौटी राखी आज रिहा भएका छन् ।

    धानखेतमा पानीको अवस्था हेर्न गएकी छोरीमाथि सामूहिक बलात्कार भएको जानकारी दिँदै पीडितकी आमाले प्रहरी कार्यालय जान खोज्दा पञ्चले धम्क्याउँदै उजूरी गर्न रोकेको र आरोपितबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएको बताइन्।

    प्रहरीका अनुसार स्थानीयवासी शत्रुघ्न मण्डलका घरमा बसेको पञ्चायतमा निज शत्रुघ्नसहित उनका दाजु जयकान्त, भाइ देबु, सत्यनारायण मण्डल, वासुदेव मण्डल, झमेली मण्डल, रामजी भनिने बेचन मण्डल, उचितलाल मण्डल, बिन्देश्वर मण्डल र वंशराज मण्डलले धम्क्याउँदै उजूरी गर्न रोकेका थिए ।

    घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्न, मडारिएको धानका बाला, फुटेका हातका चुरा र भिडिओ रेकर्डसमेत प्रमाण छ ।

    प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई भदौ ३० गते पक्राउ गरेको थियो । बलात्कारको आरोपमा दुई जना बालकलाई प्रहरीले यही असोज १ गते राति पक्राउ गरेको थियो भने दुई जना अझै फरार छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज
    प्रहरी प्रशासनकै सेटिङमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी
    नर्भिक हस्पिटलको काठमाडौं महानगरलाई जवाफ– संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • २.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ३.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • ४.
      आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज

    • ५.
      अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

    • ६.
      सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

    • ७.
      एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधरः प्रदीप ज्ञवाली

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ६.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ७.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.