• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

कम राजस्व तिर्ने जगदम्बा अटो ग्रुपलाई १३ लाख जरिवाना

  •  मेन समाचार संवाददाता
  • १२ आश्विन २०७८, मंगलवार १२:०३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

     

    वीरगञ्ज । कम राजस्व तिरेको पुष्टि भएपछि जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडलाई वीरगञ्ज भन्सार कार्यालयले कारबाहीस्वरूप जरिवाना गरेको छ । काठमाडौँ सुविधानगरस्थित जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडले भारतबाट तीन चक्के टेम्पोका सामान आयातमा कम राजस्व तिरेको पुष्टि भएपछि थप १३ लाख ८० हजार जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले राससलाई जानकारी दिए ।

    भारतको चेन्नईस्थित टिभिएस कम्पनीबाट जगदम्बाले आयात गर्ने गरेको तीन चक्के टेम्पोको पार्ट्स भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँच पास गराई चेसिस र इञ्जिनसहितको टेम्पोका विविध सामग्री एक साताअघि आयात गर्न लागेको थियो ।

    छड्के जाँचका क्रममा अनुसन्धानको दायरामा आएको उक्त सामग्रीबारे थप अनुसन्धान गरी कम्पनीले माग गरेबमोजिमको छुट रकम पाइने नदेखिएकाले उक्त सामग्री पूर्णरूपमा खोलखाल नभएको देखिएकाले कारबाहीस्वरूप छुट रकम लिएर जरिवाना गरिएको प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले जानकारी दिए ।

    भारतबाट सवारी साधनको इञ्जिन, चेसिससहितको सवारी साधान आयात गर्दा ३० प्रतिशत भन्सार, ५५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको अवस्थामा पार्ट्स भनेर आयात गर्दा अन्तःशुल्कमा ५० प्रतिशत नेपाल सरकारले छुट दिने प्रावधानअनुसार कम्पनीले उक्त छुट लिन खोजेको थियो ।

    यद्यपि यसबारे पुनः छड्के परीक्षण गरी अनुसन्धानपश्चात् उक्त सामग्री पूर्णरूपमा खोलखाल नगरेको पाइएकाले नियमानुसार छुट असुलस्वरूप रु १३ लाख ८० हजार थप रकम लिइएको कार्यालयले जनाएको छ । भारतबाट पार्ट्स आयात गर्नका लागि नेपालस्थित उद्योग दर्ता हुनुपर्नेमा जगदम्बा अटो ग्रुप बाराको सिमरास्थित आफ्नो शाखा स्थापना गरी उद्योग दर्ता गराएको छ ।

    उद्योगले भारतबाट गाडीको सम्पूर्ण पार्ट्स अलगअलग आयात गरी यहाँ एसेम्बलिङ (तयारी) गर्नुपर्नेमा बाहिरी भागका केही सामान खोलेर पार्ट्स मात्रै आयात गर्ने गरेको भनेर भन्सार जाँचपास गराई इञ्जिन, चेसिससहितको टेम्पो आयात गर्ने गरेको थियो । सवारी साधनको पार्ट्स आयात गर्दा सि।के।डि। भनेर भन्सार जाँच पास हुने गरेको थियो ।

    एक साताअघि जगदम्बा गुप्रले सिकेडि भनेर ३४ लाख ५७ हजार १४१ बराबरको सवारी साधनको पार्ट्स भनेर भन्सार जाँच पास गराई ३० लाख १५ हजार ९९६ राजस्व बुझाएको भए पनि कार्यालयले गरेको निर्णयानुसार कारबाहीस्वरूप जरिवानावापत रु थप १३ लाख ८० हजार जगदम्बाले बुझाएको कार्यालयले जनाएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बेलहिया सडक निर्माणको काम शनिबारबाट हुने
    प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् ९ वटा कार्यसूची
    प्रहरी प्रशासनकै सेटिङमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बेलहिया सडक निर्माणको काम शनिबारबाट हुने

    • २.
      प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् ९ वटा कार्यसूची

    • ३.
      महिला टेनिस स्टार सेरेनाद्धारा सन्यासको घोषणा

    • ४.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • ५.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ६.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • ७.
      आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ६.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ७.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.