• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

परराष्ट्रमन्त्री खड्काको शपथ ग्रहण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

  •  मेन समाचार संवाददाता
  • १२ आश्विन २०७८, मंगलवार १७:०९ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ ।

    मंगलबार अधिवक्ता विशाल न्यौपानले मन्त्री खड्काको शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपतिले परराष्ट्र मन्त्रीलाई शपथ ग्रहण गराएको भन्दै सो शपथ बदरको मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि निष्क्रिय भएको छ । त्यसैले हाल मुलुकमा शपथसम्बन्धी संघीय कानुन छैन ।

    अधिवक्ता न्यौपानेले संविधानबमोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न–नगराउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।

    ‘कुन संघीय कानुन बमोजिम गरिएको हो भन्ने उल्लेख नै नगरी अथवा कानुनको स्रोतको अभावमा र कानुनले परिकल्पना गरेको कुनै ढाँचाविना असंवैधानिक तवरले गरिएको पद तथा गोपनीयताको शपथ उत्प्रेषणको आदेशबाट बदर गरिपाउँ ’ रिटमा उल्लेख छ ।

    रिटमा संविधान बमोजिम शपथसम्बन्धी कानुन बनेर पुन शपथ नलिएसम्म परराष्ट्रमन्त्री खड्कालाई कामकाज गर्न नदिन अन्तरिम आदेश पनि माग गरिएको छ । त्यस्तै शपथसम्बन्धी संघीय कानुन बनाएर मात्र शपथ लिने व्यवस्था मिलाउन सरकारका नाममा परमादेश पनि माग गरिएको छ ।

    सर्वोच्च अदालतका अनुसार यो रिटमा बुधबारका लागि पेशी तोकिएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रहरी प्रशासनकै सेटिङमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी
    नर्भिक हस्पिटलको काठमाडौं महानगरलाई जवाफ– संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ
    ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए, सबैभन्दा बढी चिनियाँ र अमेरिकी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • २.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ३.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • ४.
      आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज

    • ५.
      अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

    • ६.
      सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

    • ७.
      एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधरः प्रदीप ज्ञवाली

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ६.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    • ७.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.