काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिने गृहकार्य शुरु गरेपािछ माओवादीबाट मन्त्रिको नाम पठाउन बैठक बस्न लागेको हो ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ । वर्तमान गठबन्धनको सरकारमा माओवादी केन्द्रले ७ मन्त्रालय पाउने छ । जसमध्य जनार्दन शर्मा र पम्फा भुसाल अर्थ र उर्जासहित यसअघि नै सरकारमा सहभागी भइसकेका छन् ।
माओवादी केन्द्रमा मन्त्रीका लागि शीर्ष नेताहरु नै आकांक्षी देखिएपछि को मन्त्री बन्ने भन्ने विषय पेचिलो बनेको छ । गठबन्धन सरकार भएका कारण थोरै मन्त्रालयमा मात्र पाउने भएका कारण माओवादीभित्र अन्तरविरोध उत्पन्न भएको छ । यसअघि नै प्रचण्डले माओवादी केन्द्रका सबै सांसदहरु मन्त्रीको आकांक्षी रहेको बताएका थिए ।
स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँग माओवादी केन्द्रले पाउने मन्त्रालयका बारेमा छलफल गरेका थिए ।