काठमाडौं । बितेको २४ घन्टामा मुलुकभर थप २,६३८ जनामा कोरोना पुष्टि भएको छ ।
जसमध्ये १,४०३ जना काठमाडौं उपत्यकाका मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३,९४७ वटा नमूना परीक्षणबाट त्यति संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमित १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
मुलुकभर कोरोना संक्रमितको कुल संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा २,१७४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ८०,९५४ जना संक्रमण मुक्त भइसकेका छन् ।
देशभर ३६,३६७ जनामा सक्रिय संक्रमण रहेको मन्त्रालयको अभिलेख छ ।
जसमध्ये १४,८१९ जना संस्थागत आइसोलेसन र बाँकी होम आइसोलेसनमा छन् ।