• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

कांग्रेसकाे प्रदर्शनमा अश्रुग्यास प्रहारः सुरक्षाकर्मी र कार्यकर्ता घाइते

  •  मेन समाचार संवाददाता
  • २८ आश्विन २०७७, बुधबार १८:३७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    सर्लाही । नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलङ्गवामा आज गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

    रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नं २ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायत नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको कांग्रेसले आरोप लगाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले आफूहरुले हवाई फायर नगरेको तर ३१ राउण्ड अश्रुग्यास र सामान्य लाठी चार्ज गरेको राससलाई बताए ।

    भीड नियन्त्रण बाहिर गएपछि आफूहरुले बाध्य भएर अश्रुग्यास र सामान्य लाठी चार्ज गर्न पुगेको प्रहरी उपरीक्षक राठौरको स्वीकारे ।

    मलङ्गवा पब्लिक मावि अगाडिबाट विरोध प्रदर्शन शुरु गरिएको थियो । हत्याको छानबिन र उजूरी लिन माग गर्दै गरिएको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रदेशसभा सदस्य सिंहले बताए ।

    प्रदेशसभा सदस्य सिंहले प्रहरीले सयौंँ राउण्ड हवाई फायर गरेको जिकिर गरे। प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको कांग्रेस सर्लाहीले जनाएको छ ।

    घटनाका दोषीलाई कारवाही तथा मृतक रामलाई शहीद घोषणा गर्न माग गर्दै कांग्रेस सर्लाहीले विरोध प्रदर्शन गरेको हो । प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका चार जना घाइते भएको जानकारी दिए।

    घटनामा विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको प्रहरी प्रमुख सिंहले जानकारी दिए । कांग्रेसले राम मृत्यु प्रकरणका विषयमा सत्यतथ्य छानबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।

    प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारका तर्फबाट जाहेरीसमेत लिन नमानेको कांग्रेसको आरोप छ । रामनगर–७ सिसौट बस्ने राममाथि यही असोज २१ गते बेलुका आफ्नो घरअघि बसिरहेका बेला १२/१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए ।

    आक्रमणमा परी गम्भीर घाइते भएका रामको असोज २२ गते उपचारका क्रममा इन्डो अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो । रामको निधनपछि शव परीक्षणका लागि सर्लाहीस्थित मलङ्गवा अस्पतालमा परिवारले ल्याउन खोजे पनि प्रहरीले दबाब दिएर वीरगञ्जस्थित नारायणी अस्पतालमा राखेको कांग्रेसको आरोप छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    लमजुङमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिए
    ढिलासुस्ती हुर्लुङ-जालपा सडक ग्राभेलमा, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता
    साकेलाका भूकम्पपीडितलाई राहत
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?

    • २.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ३.
      प्रचण्डले भने- फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ

    • ४.
      गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम

    • ५.
      नेपालमा काेराेना त्रास बढ्दै, एकैदिन तीन संक्रमितकाे मृत्यु

    • ६.
      कर्मचारीलाई निकालेर छाेरा, ज्वाँइ र सालालाई नियुक्ति दिएपछि मारमा सेवाग्राही !

    • ७.
      सर्वोच्चको अल्पकानीन आदेश नर्भिकको संरचना तत्काल नहटाउन

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ३.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ४.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ५.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ६.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    • ७.
      हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.