काठमाडौँ । एभरेष्ट प्रिमियर लिगको फाइनल खेलमा पोखरा राइनोज्ले चितवन टाइगर्सलाई ११२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान ललितपुरमा टस जितेर ब्याटिङ रोजेको पोखराले १७ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ११ रन बनाएको हो ।
पोखराका लागि रिचार्ड लेभि र विपिन रावल ओपनिङ ब्याट्समेनका रुपमा मैदान प्रवेश गरेका थिए । शुरुवातमै विस्फोटक ब्याटिङ गरेका लेभी १५ बलमै आउट भए । उनले ५ चौका प्रहार गर्दै २६ रन बनाए ।
पोखराका लागि अशिला गुणरत्नेले सर्वाधिक ३४ रन बनाए । उनले २४ बलमा तीन ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कप्तान विनोद भण्डारीले २६ बल खेल्दै २ चौकाको सहयोगमा २२ रन बनाए । अन्य सबै ब्याट्सम्यानले न्यूनतम रन बनाउँदै आउट भए ।
बलिङतर्फ चितवनका कमलसिंह ऐरिले सर्वाधिक चार विकेट लिए । त्यस्तै करिम जन्नत र सिकुग प्रसन्नाले समान दुई दुई विकेट लिए भने सागर ढकाल र सोमपाल कामीले समान एकएक विकेट लिए ।