काठमाडाैं । मन्त्रिपरिषद्मा थपिएका नवनियुक्त ३ मन्त्रीकाे सपथ बिहीबार बिहान साढे ११ बजे हुने भएकाे छ । राष्ट्रपतिकाे कार्यालय शितल निवासमा सपथ कार्यक्रमकाे तयारी थालिएकाे हाे ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ३ मन्त्रिलाई सरकारमा सहभागी गराउन गरेकाे सिफारिसकाे आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ, महिला तथा बालबालिका र सहरी विकासमा क्रमशः विष्णु पौेडल, लिलानाथ श्रेष्ठ र कृष्ण गोपाल श्रेष्ठले मन्त्रीको जिम्मेवारी ताेकेकी थिइन् ।
नवनियुक्त तीनै जनालाई राष्ट्रपति भण्डारीले पद तथा गाेपनियताकाे सपथ गराउने छिन् ।
यसअघि महिला तथा बालबालिका मन्त्रालय सम्हालेका पार्वत गुरुङले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
ईश्वर पोखरेलको रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफू मातहत राखेका छन् । पोखरेललाई उपप्रधानमन्त्रीमै अर्थात् विना विभागिय मन्त्रीमा सीमित गरिएकाे छ ।
याे पनि:
ईश्वर पाेखरेललाई उपप्रधानमा मात्र सीमित गर्नुकाे सन्देश के ?
मन्त्रिपरिषद् हेरफेरः अर्थमन्त्रीमा विष्णु पौडेल, ईश्वर पोखरेलको मन्त्रालय खोसियो (कोको थपिए?)