• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

कोरला नाकामा २ मन्त्रीकाे निरीक्षण, अन्तर्राष्ट्रिय नाका बनाउने प्रतिबद्धता

  •  मेन समाचार संवाददाता
  • २८ आश्विन २०७७, बुधबार २२:४३ प्रकाशित
    Advertisement
    Advertisement
    स्थानीय जनप्रतिनिधि तथा बासिन्दालाई सम्बाेधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली । तस्बिर: उनकै टि्वटरबाट साभार ।

    काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्ने कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन्।

    सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका लागि पुगेका मन्त्रीद्वयले नाका सञ्चालनसम्बन्धी छलफललाई अघि बढाइने बताए।

    कोरला नाका सञ्चालनमा आउँदा नेपालको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने गरी लाग्न आग्रह गर्दै मन्त्रीहरुले एकद्वार प्रणालीबाट नाका सञ्चालनका लागि तत्काल नेपाल सरकारले पहल थाल्ने बताए ।

    परराष्ट्रमन्त्री ज्ञवालीले नाका सञ्चालनका लागि आवश्यक छलफल शुरु गरिने पनि जानकारी दिए ।

    एकीकृत जाँच चौकीको निर्माण र कालीगण्डकी करिडोर स्तरोन्नति मार्फत् अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गरिने उनले बताए ।  मुस्ताङका जनताको विकाससम्बन्धी वर्षौँ पुरानो सपना साकार हुने मन्त्री ज्ञवालीकाे भनाई छ ।

    उद्योगमन्त्री भट्टले कोरला नाका व्यापारिक प्रयोजनका लागि निकै महत्वपूर्ण नाका रहेकाले यसको सञ्चालनले नेपाल चीन व्यापार सम्बन्धमा थप सुधार आउने बताए।

    काठमाडौँबाट मन्त्रीद्वय दुवै हेलिकोप्टरमार्फत नाकामा पुगेका थिए । मन्त्रीसँगै परराष्ट्र र उद्योग सचिव पनि कोरला पुगे ।

    नेपाल–चीन जोड्ने गरी निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको प्रगतिका विषयमा पनि मन्त्रीहरुले चासो व्यक्त देखाए ।

    मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार मन्त्रीद्वयले कोरला नाका निरीक्षण गर्नाका साथै चीन नेपाल द्विदेशीय व्यापारिक नाकालाई कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्नेबारे स्थलगत अध्ययन एवम् निरीक्षणका लागि मुस्ताङ पुगेका हुन् ।

    नाका सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउन मन्त्रीहरुसँग सांसद प्रेमप्रसाद तुलाचनले माग गरे । सांसद तुलाचनले सरकारले सिमानामा संरचना बनाउन ढिलाइ गरिरहेको सुनाए ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग
    संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री
    प्रम दाहाल र मेयर शाहबीच भेटवार्ता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

    • २.
      २०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार

    • ३.
      नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ

    • ४.
      अभिनेता रजनीकान्तले जारी गरे कारबाहीको चेतावनीयुक्त पत्र

    • ५.
      प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर

    • ६.
      संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री

    • ७.
      सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल

    • १.
      हरियो तरकारी र फलफूलको मूल्य यस्ताे रहेकाे छ आज

    • २.
      इंग्लिस प्रिमियर लिग: लगातारको खराब नतिजापछि एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

    • ३.
      नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने

    • ४.
      गृहमन्त्री लामिछानेले आत्मदाह गरेका आचार्यका परिवारले भेटेर मागे क्षमा

    • ५.
      फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

    • ६.
      सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : बालेन्द्र साह

    • ७.
      वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको प्रस्ताव

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.