काठमाडौं । नेपाल बाल संगठनको सभापतिमा पोखरा २६ का वामदेव ढुंगाना मनोनीत भएका छन् । संगठनको असोज २० मा बसेको बैठकले ढुंगानालाई मनोनीत गर्ने निर्णय गरेको हो ।
त्यसअघि असोज १६ मा जिल्ला कार्यसमिति भंग गरी प्रत्येक जिल्लामा तदर्थ कार्यसमिति गठन गर्ने निर्णय संगठनले गरेको थियो ।
संगठनका केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले असोज २७ मा पत्रमार्फत ढुंगाना सभापतिमा मनोनीत भएको जानकारी दिएका छन् ।
ढुंगाना बाम आन्दोलनका पुराना नेता हुन् । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रिय उपाध्यक्ष र नेपाल रेडक्रस सोसाइटी कास्कीमा १ कार्यकाल सभापति समेत भइसकेका छन् ।
जिल्लाको संगठनले स्वामित्वमा रहेकाे चल अचल सम्पतिको व्यवस्थित अभिलेख राख्ने र त्यसको संरक्षण गर्नुपर्ने हुन्छ । संरक्षणविहीन बालबालिकाको सहाराको दायित्व समेत जिल्लालाई रहने छ ।