• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

सञ्चारमन्त्री गुरुङ भन्छन्, ‘गलत सूचना र सल्लाहलाई क्षमा दिइन्न’

  •  मेन समाचार संवाददाता
  • २९ आश्विन २०७७, बिहीबार १६:४० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्राप्त जिम्मेवारी पूरा गर्न मन्त्रालयका विभाग र मन्त्रालय सम्बद्ध निकायका प्रमुखहरूसंँग सकारात्मक सोचका साथ सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन् ।

    सञ्चार मन्त्रालयमा आज आयोजित स्वागत समारोहमा उनले सम्बद्ध सबै निकाय तथा विभागीय प्रमुखबाट पनि सकारात्मक भावनाका साथ आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

    मन्त्री गुरुङले भने, ‘तर सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा यो मन्त्रीलाई केही थाहा छैन भनेर गलत सूचना तथा सल्लाह दिई दिग्भ्रमित पार्न खोज्ने कसैलाई पनि क्षमा गर्न सकिन्न ।’

    मन्त्री गुरुङले कोभिड–१९ महामारीबाट आक्रान्त यस सङ्कटमय घडीमा गुणस्तरीय इण्टरनेट सेवा दिएर लाखौंँलाख बालबालिकाको अध्ययनअध्यापनलाई सहज बनाउन ध्यान दिनुपर्ने औंँल्याए ।

    उनले कसरी डिजिटल नेपाल फ्रेमवर्कलाई सफलताको विन्दुमा पुर्याउन सकिन्छ र हाल अस्तित्वमा रहेनरहेको छुट्याउन कठिन भएको हुलाक सेवालाई पुनर्जीवित तथा अत्याधुनिक बनाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान जानुपर्ने बताए।

    आफूले अहिले नै निर्देशन दिन नचाहेको तर निकट भविष्यमै सबै निकाय र विभागबाट जानकारी लिएपछि सरकारको दृष्टिकोण र निर्देशन प्रस्तुत गरिने मन्त्री गुरुङले जानकारी दिए ।

    नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको दृष्टिलाई सञ्चार र सूचना प्रविधिका क्षेत्रबाट कसरी सघाउन सकिन्छ भन्नेतर्फ आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहने उनको स्पष्टोक्ति थियो ।

    ‘सरकारका कामसम्बन्धी सहीसही सूचना तत्काल र व्यवस्थित ढङ्गले एकद्वार प्रणालीबाट जनसमक्ष पुर्याउन विभिन्न मन्त्रालयका प्रवक्तासँग मिलेर काम गरिने छ र सूचना प्रविधि र सञ्चार क्षेत्रका विकृतिविसङ्गतिलाई हटाउन पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घसंँग पनि सहकार्य गरिने छ’, मन्त्री गुरुङले भने।

    यसअघि सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयसम्बद्ध १८ विभाग र निकायबारे जानकारी प्रस्तुत गर्दै मन्त्रालय परिवारका तर्फबाट नवनियुक्त सञ्चारमन्त्री गुरुङको निकट विगतको अनुभव कार्यदक्षता र स्पष्ट निर्णय गर्ने क्षमताले मन्त्रालयका कार्यसम्पादन गर्न महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए ।

    यसअघि मन्त्री गुरुङले नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यभार सम्हालिसकेका छन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण
    अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      काठमाडौँबासीको दुई दशकदेखिको पूरा भयाे ‘मेलम्ची’ सपना

    • २.
      आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ३.
      जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

    • ४.
      चितवनमा दोस्रो चरणको खोप ७३ स्थानबाट

    • ५.
      ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ६.
      आगलागीबाट ४५ लाखबराबरको क्षति

    • ७.
      महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ४.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.