काठमाडौं । सरकारले नेपाल ट्रष्ट सञ्चालक समिति सदस्यमा नरेश रोकायलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले रोकायलाई सदस्यमा नियुक्त गरेको हो ।
रोकाय अनेरास्ववियू केन्द्रीय सदस्यसमेत हुन् । उनी २०५६ देखि अनेरास्ववियूको प्रारम्भिक कमिटीको सचिव हुँदै राजनीतिमा लागेका थिए ।
रोकाय २०६७ सालमा पहिलो पटक अनेरास्ववियू केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनको स्थायी घर बाजुरा हो ।
ट्रष्टको अध्यक्ष रक्षामन्त्री रहने व्यवस्था छ । सञ्चालक समितिमा प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयका सचिव १/१ सदस्य गरी २ र सामाजिक क्षेत्रबाट ३ जना सदस्य रहने छन् ।