• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

पर्यटन क्षेत्रलाई अब चलायमान बनाउनुपर्छ: मुख्यमन्त्री गुरुङ

" १ अर्ब राहत प्याकेज मंसिरभित्रै वितरण गर्ने गरी पहल "
  •  मेन समाचार संवाददाता
  • २९ आश्विन २०७७, बिहीबार २०:४० प्रकाशित
    Advertisement
    Advertisement
    तस्बिर । रासस

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताएका छन् ।

    मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित देखिए पनि गण्डकीमा सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन र साहसिक खेललगायत ग्रामीण पर्यटनका लागि डराउनु नपर्ने बताए ।

    पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद्का समन्वयमा बिहीबार पोखरामा भएको ‘नवीनतम सामान्य परिस्थितिमा पर्यटन प्रवद्र्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला’ कार्यक्रममा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधनमा मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।

    कोभिड –१९ को असरले गण्डकी प्रदेशले २७ अर्बको नोक्सानी भोगिसकेको जनाउँदै उनले अब पर्यटनलाई चलायमान गर्नुपर्ने बताए ।

    तत्काल पर्यटन क्षेत्रले भोग्नु परेको नोक्सानलाई ध्यान दिएर व्यवसायीलाई राहत प्याकेजमार्फत यस क्षेत्रमा टिकाउन चुनौती रहेको उल्लेख गर्दै उनले १ अर्ब राहत प्याकेज मंसिरभित्रै वितरण गर्ने गरी पहल गरिएको जानकारी दिए ।

    गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेश संस्कृति, प्रकृति र साहसिक पर्यटनका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै यसलाई ब्राण्डिङ्ग गरेर जानुपर्ने धारणा राखे ।

    सांसद खगराज अधिकारीले सुरक्षाको मापदण्ड अपनाएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । अर्का सांसद विद्या भट्टराईले अब कोभिड–१९ पछिको पर्यटनको अवस्थालाई अध्ययन गरेर नयाँ मार्ग सिर्जना गरी जानुपर्नेमा जोड दिइन् ।

    पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखरा पर्यटनको विकासमा कार्ययोजनासहित अघि बढेको बताए ।

    पोखरा महानगरपालिका शहरी योजना आयोग उपाध्यक्ष डा रामचन्द्र लामिछाने, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष टीकाराम सापकोटा र पर्यटनका अध्येता एवं कार्यशालाका सहजकर्ता श्रीकान्त खतिवडाले पोखराको पर्यटनका वर्तमान अवस्था र यसले पारेका प्रभावका साथै कोभिड १९ पछाडिको पर्यटनको विषयमा नवीनतम सम्भावनाको खोजीका बारेमा प्रस्तुति राखेका थिए ।

    कार्यक्रमको दोस्रो सत्रमा पोखराका पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी संघसंस्थाबीच समूहगत छलफल गरी पर्यटनका सबल पक्षसहित कोभिड १९ पछि कसरी पर्यटन केन्द्रित कार्यक्रम गर्ने भन्ने सामूहिक निष्कर्ष निकालिएको थियो ।

    पर्यटनमा मासिक १० अर्ब घाटाः मन्त्री भट्टराई

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भव्य गृहकार्य भए पनि कोभिड –१९ ले अभियान सफल हुन नसकेको बताएका छन् ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले कोभिड– १९ का कारण पर्यटनमा मासिकरु १० अर्ब घाटा भइरहेको बताए ।

    आन्तरिक र बाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण र पदयात्राका लागि बिस्तारै बुकिङ खुला हुँदै गएकाले अब वैकल्पिक पर्यटन खोजीसँग अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

    Share this:

    • Twitter
    • Facebook
    • Pinterest
    • WhatsApp
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नक्कली पिसिआर प्रकरण : दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्‍याउथे
    धरहराकाे ३ सय ३० किलोको गजुरमा ९५ तोला सुन
    नक्कली पिसीआर रिपोर्ट बुझाउने १२२ यात्री विमानस्थलबाट फर्काइए
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ओली र नेपालबीचको वार्ता सकियो, वार्ताको निष्कर्ष गोप्य !

    • २.
      नक्कली पिसिआर प्रकरण : दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्‍याउथे

    • ३.
      धरहराकाे ३ सय ३० किलोको गजुरमा ९५ तोला सुन

    • ४.
      नक्कली पिसीआर रिपोर्ट बुझाउने १२२ यात्री विमानस्थलबाट फर्काइए

    • ५.
      लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण

    • ६.
      अस्ट्रेलियासहित पाँच देशमा विद्यार्थी भिसाका लागि एनओसी जारी स्थगित

    • ७.
      ओली-नेपालबीच मेरियट हाेटलमा वार्ता

    • १.
      मन्त्रिपरिषद्को निर्णयः विद्यालय सहित भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द

    • २.
      मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँ पर्वको शुभकामना

    • ३.
      काेराेना नियन्त्रण गर्न जारी गरेकाे सरकारी आदेशमा केके छ ?

    • ४.
      उघ्रिँदै छ पुननिर्मित धरहराको घुम्टो (तस्बिरहरु)

    • ५.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      शनिबारको हावाहुरीले त्रिशुली नदीको निर्माणाधीन पुल उडायो

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.