पोखरा । कात्तिक १ गतेदेखि स्याङ्जा जिल्ला प्रवेश गर्दा अनिवार्य पिसिआर रिपोर्ट आवश्यक पर्ने सार्वजनिक विषयलाई लिएर स्याङ्जा प्रशासनले थप स्पष्ट पारेको छ ।
स्याङ्जाका सिडिओ उमेश बस्नेतले १ वक्तव्य जारी गर्दै भातर, तेस्रो मुलुक र काठमाडौं उपत्यका लगायतका जोखिमपूर्ण स्थानहरुबाट आउनेका लागि पिसिआर रिपोर्ट लिएर आउन अनुरोध गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘आफू र समुदायलाई सुरक्षित भएको आश्वस्त पार्न यथासम्भव पिसिआर रिपोर्ट नेगेटिभ लिएर जिल्ला आउन अनुरोध गरिएको र अन्यथा यस्ता बढी जोखिम क्षेत्रबाट आउनेहरुलाई क्वारेन्टिनमा बस्न अनुरोध गरिएको हो ।’
जिल्लामा पर्ने सिद्धार्थ राजमार्ग भएर अन्य जिल्ला जान आउन, जिल्ला भित्र प्रवेश गर्न तथा बाहिर जान, स्वास्थ्य प्राटोकल पालना गरी यातायात सञ्चालन गर्न तथा बजार खोल्न रोकतोक नभएको उनले थप स्पष्ट पारेका छन् ।