• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

एन्फाले कास्कीकाे भिँडाबारीमा आधुनिक ‘टेक्निकल सेन्टर’ बनाउने

  •  रासस
  • १ कार्तिक २०७७, शनिबार १३:४६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    कास्की । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा टेक्निकल सेन्टर (एन्फा एकेडेमी) निर्माण गर्ने भएको छ ।

    फुटबलको सर्वोच्च नियमनकारी निकाय फिफाको आर्थिक सहयोगमा वडा नं ६ को भिँडाबारीमा करिब ५०० रोपनी जग्गामा आधुनिक र सुविधासम्पन्न फुटबल एकेडेमी निर्माणको तयारी गरिएको हो ।

    एन्फाले एकेडेमी निर्माणका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर बोलपत्र आह्वानको तयारीमा जुटेको जनाएको छ । सो एकेडेमीलाई एन्फाले फुटबलको ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिएको छ ।

    पोखराबाट १४ किमी दूरीमा अवस्थित भिँडाबारीमा सडक पूर्वाधारको पहुँच र माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खला समेतको दृश्यावलोकन गर्न सकिने भएकाले एकेडेमी निर्माणका लागि सो स्थल छनोट गरी दुई वर्षअघि देखि प्रक्रिया शुरु भएको थियो ।

    एकेडेमी निर्माणका लागि एन्फा कार्य समितिले पहिलो चरणमा १७ करोड बजेट उपलब्ध गराउने निर्णय गरिसकेको एन्फा केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले बताए।

    विभिन्न चरणमा गरी सो परियोजनामा ८० देखि ९० करोडसम्म लगानी हुने बताइन्छ । उनका अनुसार परियोजना निर्माणका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ ।

    एन्फाले प्रस्ताव गरेको सो बहुउद्देश्यीय परियोजनामा ५०० हजार दर्शक क्षमताको प्यारापिट सहितको फुटबल मैदान, दुई फुटसल मैदान, दुई अभ्यास मैदान, एक मुख्य मैदानसहित चार छात्रवास, दुई छात्रावास, प्रशासन भवन, चमेनागृह, दुई पाहुना ब्लक, जिम, मेडिकल तथा पुनस्र्थापना केन्द्र, आर्टिफिसियल मिनी पिच, दुईबीच फुटबल मैदानलगायत संरचना बनाउने योजना रहेको बताइन्छ ।

    स्वदेशी तथा विदेशी क्लबका खेलाडीको अभ्यासस्थलका रुपमा त्यसलाई अघि बढाउने योजना छ । एकेडेमीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), जमीन नाप जाँच लगायतका कार्य सम्पन्न भएर निर्माणका लागि बोलपत्र आह्वानको तयारी भए पनि त्यसअघि प्रस्तावित स्थलको दुबैतर्फ नदी तटबन्धनको कार्य गर्न एन्फाले प्रदेश सरकारलाई आग्रह गरेको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए।

    एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले गत साता पोखरा आएर मुुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरी परियोजना शुरु गर्नुअघि प्रस्तावित स्थल वरपर नदीले कटान गरेको क्षेत्र संरक्षणका लागि तटबन्धनको काम गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

    प्रस्तावित सो स्थलको यसअघि एन्फा पदाधिकारी तथा एएफसीका प्रतिनिधिले समेत निरीक्षण गरेका थिए । गाउँपालिका अध्यक्ष गुरुङले परियोजना माछापुच्छ्रेको मात्र नभएर गण्डकी प्रदेश तथा समग्र देशको फुटबलको श्रीवृद्धिका लागि महत्वपूर्ण रहेको बताए ।

    उनले भने, “एन्फाले फिफासँग अनुरोध गरेर फिफाको आर्थिक सहयोगमा बन्ने यस परियोजनाका लागि गण्डकी प्रदेशका अन्यत्र पनि जमीन निरीक्षण गरिएकामा भिँडाबारीको यो ठाउँ उपयुक्त रहेको प्राविधिकले बताएपछि गाउँपालिकाले सो जग्गाको भोगाधिकार एन्फालाई दिइसेकको छ ।”

    केही व्यक्तिगत स्वामित्व तथा सार्वजनिक जग्गामा एकेडेमी बन्नेछ । व्यक्तिगत जमीनसमेत स्थानीयवासीले परियोजनाका लागि उपलब्ध गराएका छन् ।

    मुुख्यमन्त्री गुरुङले शुक्रबार एन्फा टेक्निकल सेन्टरका लागि प्रस्तावित स्थलको निरीक्षण गर्र्दै परियोजना शुरुआत गर्नुअघि मर्दी र इदी खोलाले कटान गरेको जमीन संरक्षणका लागि प्रदेश सरकारले काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

    प्रदेशको गौरवको आयोजना प्रस्तावित ठाउँमै बन्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेकाले आवश्यक काम अघि बढाइने उनले स्पष्ट पारे।

    “नदी कटानको जोखिमलाई देखाएर यो परियोजना अन्यत्र जान्छ कि भन्ने आशङ्का रहेकामा त्यसअघि प्रदेश सरकारका तर्फबाट कटान नियन्त्रणका लागि के गर्न सकिन्छ भनेर हामी निरीक्षणका लागि आएका हौँ”, मुख्यमन्त्री गुरुङले भने, “पोखरा नजीकको यस ठाउँमा गण्डकी प्रदेशकै गौरवको परियोजना एन्फा टेक्निकल सेन्टर बनाउन आवश्यक कार्य गर्न सरकार प्रतिबद्ध छ ।”

    सो परियोजनामा चौथो चरणसम्म ८० देखि ९० करोडको हाराहारीमा लगानी हुने एन्फाका अध्यक्ष शेर्पाले आफूलाई जानकारी गराएको बताउँदै उनले तटबन्धनका लागि यसअघि प्रदेश सरकारबाट बजेट विनियोजन नभएकाले अतिरिक्त निर्णय गरेर भए पनि काम गरिने बताए।

    गण्डकी प्रदेश सभा सदस्य रामजीप्रसाद बरालले सडक पहुँचबाट सुगम र रमणीयस्थलमा एकेडेमी बन्दा यसले फुटबल विकासमा योगदान पुग्ने भएकाले एन्फा एकेडेमीको प्रस्तावित स्थलसँगैको मर्दी र इदी खोलाको दुबैतर्फ नै कटान नियन्त्रणका लागि तटबन्धन गर्नुपर्नेमा जोड दिए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    मेस्सीलाई प्लेयर अफ दि मन्थ अवार्ड
    सेना दिवसमा ‘हाफ म्याराथन’, विजेतालाइ ३० हजार पुरस्कार
    पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      काठमाडौँबासीको दुई दशकदेखिको पूरा भयाे ‘मेलम्ची’ सपना

    • २.
      आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ३.
      जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

    • ४.
      चितवनमा दोस्रो चरणको खोप ७३ स्थानबाट

    • ५.
      ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ६.
      आगलागीबाट ४५ लाखबराबरको क्षति

    • ७.
      महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.