काठमाडौं । बितेको २४ घन्टामा मुलुकभर थप ३,१६७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
त्यति नै अवधिमा देशका विभिन्न जिल्लामा कोरोना संक्रमित १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा देशभरीमा कोरोना मुक्त हुनेको संख्या १,८०० रहेको छ । नेपालमा १ लाख २९ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ८९,८४० जना निको भएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७२७ पुगेको छ ।
देशभर सक्रिय संक्रमितकाे संख्या ३८ हजार ७३७ रहेकाे प्रवक्ता डा गाैतमले जानकारी दिए ।