पोखरा । क्रिकेट फ्यानहरुको साझा संस्था नेपाली क्रिकेट समर्थक समाज अन्तर्गत कास्की समन्वय समितिको सम्पन्न तेस्रो साधारण सभा तथा पहिलो अधिवेशनले प्रताप आचार्यलाई संयोजक चयन गरेको छ ।
समर्थक समाज (एनसिएसएस) कास्कीका संयोजक कृष्ण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देल प्रमुख आथित्यता थियो ।
कार्यसमितिमा सन्दीप अधिकारी सह(संयोजक, निर्मल तिमिल्सिना सचिव, सन्तोष ढकाल कोषाध्यक्ष, पुनम ढकाल सह(सचिव तथा सदस्यहरुमा सुजिता गौतम, सन्तोष पौडेल, सरोज अधिकारी, सुवास ढकाल, विष्णुप्रसाद शर्मा, अनिस भट्टराई, सागर सापकोटा र शसिन घिमिरे रहेका छन्।
निवर्तमान संयोजक बरालले आफ्नो कार्यकालमा समाजले पोखरा प्रिमियर लिगमा दुई संस्करण, १३ औं साफ गेम्समा महिला क्रिकेट लगायत स्वयंसेवकको भूमिका सफलताको साथ निभाएको जानकारी दिँदै आफू संयोजक हुँदा ९ जना सदस्य रहेकोमा अहिले विस्तार गरी २३ जना पुगेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि सिग्देलले जिल्ला क्रिकेट संघमा आफू सचिव हुँदा नै विभिन्न योजना ल्याएको, सोहीअनुरुप पोखरा रंगशालामा सेन्ट्रल एकेडेमी संचालन गर्न सम्पूर्ण तयारी पूरा भएको र संचालन गर्न कास्कीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका ४ जना पूर्व खेलाडीहरुलाई जिम्मा दिएको बताए ।