• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

भदौरे भिरमा स्कारपियाे दुर्घटना हुँदा ५ जनाकाे मृत्यु

  •  रासस
  • २ कार्तिक २०७७, आईतवार ०९:४४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    प्रतिकात्मक फाइल तस्बिर ।

    ओखलढुङ्गा । ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ओखलढुङ्गाका दुईसहित ५ जनाको ज्यान गएको छ ।

    भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो ।

    दुर्घटनामा ५ जानको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

    उनका अनुसार मृतकमध्ये ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र सोही ठाउँकै २६ वर्षीय कर्मे सार्कीको पहिचान खुलेको छ ।

    बाँकी २ पुरुष र १ महिलाको पहिचान खुलेको छैन । रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान नखुलेका अन्य ३ जना मृतक पनि ओखलढुङ्गाकै हुनसक्ने प्रहरीको अनुमान छ ।

    अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ । दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन् ।

    दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् ।

    उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ ।

    गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशैँ मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ
    प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै
    रोकिएन कालीगण्डकी दोहन : संकटमा शालिग्राम
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

    • २.
      विराटनगर महानगरमा अनलाइनबाट राजश्व सङ्कलन

    • ३.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ४.
      प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

    • ५.
      बालुवाटारमा सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु

    • ६.
      रोकिएन कालीगण्डकी दोहन : संकटमा शालिग्राम

    • ७.
      फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित [अपडेट]

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.