• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

करदातालाई कर तिर्नै सास्ती

  •  मेन समाचार संवाददाता
  • २ कार्तिक २०७७, आईतवार ०९:५० प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर-गुगल

    काठमाडाैं । राजधानीको उत्तरपूर्वी भेगका करदातालाई सहज हुने गरी गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा खोलिएको आन्तरिक राजश्व कार्यालयमा स्थान अभावका कारण करदाताले सास्ती भोग्नुपरेको छ ।

    यस क्षेत्रका काठमाडौँ महानगरपालिका वडा नं ६ गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ देखि ६ सम्म र शङ्खरापुर नगरपालिकाका २४ हजारभन्दा बढी करदाताका लागि गत भदौ १ गतेदेखि जोरपाटीमा कार्यालय खोलिएको थियो ।

    कार्यालय भाडामा लिँदा मूल सडकको भवनको तेस्रो तलामा लिइएको छ । यस्ता कार्यालय भित्री सडकमा खुला स्थान बढी भएका ठाउँमा लिने व्यवस्था मिलाउन सेवाग्राहीले माग गरेका छन् ।

    कोरोना सङ्क्रमणका कारण जारी बन्दाबन्दी र निषेधाज्ञाले यसअघि कर बुझाउन नपाएकाहरु एकैपटक कार्यालयमा आउँदा भीड भई मूल सडकदेखि नै लाममा बस्न थालेका छन् ।

    जसका कारण कोरोना फैलने त्रास बढेको छ । कार्यालय भित्री सडक क्षेत्रको बढी क्षेत्रफल भएका स्थानमा लिएको भए कोरोनाका त्रासका बीचमा भीडमा लाम बस्नुनपर्ने शङ्खरापुर–१ नाङ्लेभारेका ज्ञानेन्द्र ढकाल बताउँछन् ।

    मूल सडकको तेस्रो तलामा राजश्व कार्यालय छ । दोस्रो तलामा कर दाखिला गर्न तोकिएको प्रभु बैंक छ । करदाता बैंकमा राजश्व तिर्न लाम लाग्दा व्यापारिक भवनको माथिल्लो तलासम्म जानेहरुका कारण कोरोनाको त्रासका बीच भीड बढ्ने गरेको छ ।

    साँघुरो भर्‍याङमा करदाता लाम लाग्ने र माथिल्लो तलामा रहेका कार्यालय एवं व्यावसायिक फर्ममा जानेहरुको दोहोरो आवतजावतले कोरोना सङ्क्रमण हुने भय रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ बाट कर तिर्न लाममा बस्नुभएका श्यामबहादुर तामाङले गुनासो गरे।

    विभागले उपयुक्त स्थानमा कार्यालय नराख्दा सेवाग्राहीले दुःख पाउनुपरेको लाममा बसेकाहरुको भनाइ छ । बैंकले दुई घण्टासम्म लाममा बस्दासमेत भौचर नदिँदा धेरै करदाता आक्रोशित हुने गरेका छन् ।

    यसअघि चावहिलमा कार्यालय रहेका बेलाभन्दा कर बुझाउन असहज भएको छ । चावलिको कार्यालयमा पाँच मिनेटमा हुने कामका लागि जोरपाटीमा कार्यालय सरेपछि घण्टौँ लाग्ने गरेको छ ।

    चावहिलमा एभरेष्ट बैंकले छिटो गर्ने कामलाई जोरपाटीमा प्रभु बैंकले धेरै समय लगाउने गरेको पनि सेवाग्राहीको गुनासो छ ।

    काठमाडौँ महानगरपालिका वडा नं ६ स्थित एपेक्स लाइफ स्कूलबाट कर तिर्न आएका शिक्षक प्रकाश भट्टराई बैंकमा भौचर लिनकै लागि घण्टौँ लाममा बस्दा पनि पाउन नसक्ने, बैंकभित्र छिर्न नपाइने, भित्र ठाउँ खाली हुँदा पनि सुरक्षागार्डले बाहिरै लाम लगाउनेलगायत समस्या रहेको बताउँछन् ।

    विभागले अनलाइनबाटै कर तिर्न सक्ने व्यवस्था गरे पनि करदाता शिक्षाको अभावका कारण धेरैले थाहा पाउन सकेका छैनन् । यसैकारण धेरै करदाता कार्यालयमै जम्मा हुन थालेका छन् ।

    कार्यालयका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेल कोरोनाका कारण यसअघि करदाता कर तिर्न आउन नसकेकाले खुला भएका बेला भीड बढी भएको बताउँछन् ।

    करदाताले अनलाइनबाट नै धेरै काम गर्न सक्ने गरी व्यवस्था गरे पनि त्यस विषयमा जान्न नचाहेकाले समस्या आउने गरेको उनको भनाइ छ । विभागले मासिक ३ लाख भाडा तिर्ने गरी जोरपाटीको मूल सडकमा रहेको तेज चौतारी मलमा कार्यालय लिएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग
    संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री
    प्रम दाहाल र मेयर शाहबीच भेटवार्ता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

    • २.
      २०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार

    • ३.
      नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ

    • ४.
      अभिनेता रजनीकान्तले जारी गरे कारबाहीको चेतावनीयुक्त पत्र

    • ५.
      प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर

    • ६.
      संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री

    • ७.
      सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल

    • १.
      हरियो तरकारी र फलफूलको मूल्य यस्ताे रहेकाे छ आज

    • २.
      इंग्लिस प्रिमियर लिग: लगातारको खराब नतिजापछि एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

    • ३.
      नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने

    • ४.
      गृहमन्त्री लामिछानेले आत्मदाह गरेका आचार्यका परिवारले भेटेर मागे क्षमा

    • ५.
      फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

    • ६.
      सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : बालेन्द्र साह

    • ७.
      हरि हुमागाईँको ‘बिजुली’मा निराजन र उपासना

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.