काठमाडौं । बितेको २४ घन्टामा मुलुकका विभिन्न जिल्लामा गरी थप २,९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यति नै अवधिमा विभिन्न जिल्लामा गरेर १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर संक्रमितको कुल संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको जानकारी दिए ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या भने २,३२६ रहेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९२,१६६ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३९,३४१ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमित १२ जनाको मृत्युसँगै नेपालमा मृतकको संख्या ७३९ रहेको मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा बितेको २४ घन्टाभित्र १४ हजार ८७५ वटा स्वाब नमूना परीक्षण भएको छ ।