• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

उपभाेक्ताकाे स्वास्थ्यमाथि गम्भीर लापरवाही: अखाद्य वस्तुकाे छ्यापछ्याप्ती विक्री

  •  मेन समाचार संवाददाता
  • ३ कार्तिक २०७७, सोमबार ०९:४४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    प्रतिकात्मक तस्बिर । गुगलबाट

    भक्तपुर । दशैतिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी व्यापारीले अखाद्य वस्तु विक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा कुहिएका सामाग्री विक्रीमा राखेको पाइएको छ ।

    सूर्यविनायक नगरपालिकाले एक साता लगाएर गरेको अनुगमनमा बजारमा छ्यापछ्याप्ती अखाद्य वस्तु विक्रीका लागि राखिएको पाइएको अनुगमन समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले जानकारी दिए ।

    नगरपालिकाले कटुञ्जे, चुनदेवी, पाण्डुबजार, सूर्यविनायकक्षेत्रका म्याक्स स्टोर, एम स्टोर, बाराही खाद्य किराना स्टोर, बेष्ट मिनिमार्ट, एजबी स्टोर, युनिक स्टोर, सुष्टि सप्लायर्सलगायतका स्टोर तथा पसलमा अनुगमन गरेको थियो ।

    यस्तै सूनपा–४ दक्षिणबाराहीदेखि हुँदै गाम्चासम्मका आरके जनरल स्टोर, जितेन्द्र कोल्ड स्टोर, राजु किराना पसल, शुभमाकर ट्रेडर्स, राधेश्याम स्टोर, बालकृष्ण स्टोर, ग्रिन मार्ट, पाथीभरा किराना स्टोर, जेएलपी स्टोर, लक्ष्मीकृष्ण स्टोर, रेड एप्रोन मार्टमा अनुगमन भएको थियो ।

    अनुगमनमा क्रममा अधिकांश पसलमा मूल्यसूची नराखी एउटै सामानको फरक मूल्यमा विक्री भएको, म्याद गुज्रेका सडेगलेका सामान विक्रीका लागि राखिएको पाइएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिए।

    उनले बालकोट क्षेत्रका योर च्वाईस लिक्वैर्स स्टोर, लिपी शब्द स्टोर, स्वतिका ट्रेडर्स, सिजन किराना स्टोर, सापकोटा ग्रोसरी, दुर्गा हिमालय स्टोर, मानसी जनरल स्टोर, उग्रचण्डी स्टोर, कृष्ण भण्डार घरलगायतमा भएको अनुगमनमा पनि अखाद्य बस्तु छ्यापछ्याप्ती पाइएको बताए ।

    अनुगमनका क्रममा जफत गरिएका करिब ३० हजार मूल्य बराबरको सामग्री स्थानीयवासीको रोहबरमा नगरपालिकाले नष्ट गरेको छ ।

    संयोजक बस्नेतले अनुगमन गर्ने अधिकार स्थानीय सरकारसँग भएपनि कारबाही गर्ने अधिकार नहुँदा अनुगमन फितलो हुने गुनासो गरे ।

    भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बजारमा अखाद्य बस्तु र कुहिएका तथा सडेगलेको बिग्रिएको मासु समेत विक्री गरेको पाइएको बताए ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयसँग भएको बताउदै गल्ती गर्ने व्यापारीलाई कारबाही गर्न नगरपालिकाले प्रशासनलाई पत्र पठाए प्रशासनले कारबाही गर्ने जनाए ।

    उनले नगरपालिकाले अनुगमनको निचोडसहित लिखित जानकारी दिएमा कारबाहीका लागि जरिवानासहितको कारबाही गर्ने बताए । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ : उपसभापति खड्का
    गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित
    द्वन्द्वकालीन घटनामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन: देव गुरुङ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.