• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

  •  जमुनावर्षा शर्मा, रासस
  • ३ कार्तिक २०७७, सोमबार ११:१५ प्रकाशित
    Advertisement
    Advertisement

    पाेखरा । अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले उत्साहित भएका छन् ।

    ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताए ।

    उनले भने “अन्नपूर्ण सर्किट चर्चित पदमार्ग हो, यसको प्रचारप्रसार गरेर विश्व बजारमा पु¥याउन खाँचो थियो । लोन्ली प्लानेटले यस क्षेत्रको विशेषतालाई बाहिर ल्याइदिएको छ ।”

    यस सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्नुले पदायात्रा पर्यटनमा आगामी दिनमा सकारात्मक प्रभाव पार्ने विश्वास आफूले लिएको उनको भनाइ छ ।

    यस सर्किटमा अन्नपूर्ण क्षेत्रका दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारसँग रमाउन सकिन्छ । जम्मा २१ दिनको फेरोमा घुम्ने यो चक्रिय मार्ग पछिल्लो समय मोटरेबल बाटोले विस्थापित गदै १४ दिनमा झरेको छ ।

    टानले यस क्षेत्रको पदमार्गको संरक्षणका लागि पर्यटन र नयाँ पदयात्राको गन्तव्यको खोजीलाई समेत ध्यान दिएको छ । सापकोटाका अनुसार कोभिड– १९ का कारण जारी बन्दाबन्दीकै समयमा टानले अन्नपूर्ण चक्रियमार्गको प्रवेशद्वार लमजुङको बेशीशहरमाथि खुदीबाट मनाङको तालसम्म मनाङ लमजुङ होटल व्यवस्थापन समितिसँग मिलेर वैकल्पिक पदमार्गको निर्माण गरिएको छ ।

    यसले पर्यटकको ‘लेन्थ अफ स्टे’लाई ६ दिन बढाउने उहाँको विश्वास छ । त्यसैगरी तिलिचो ताल र नार्फू ट्रेकलगायत साइट पदमार्गको प्रवद्र्धनमा टानले पहल गरिरहेको छ ।

    रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान)का पोखराका उपाध्यक्ष एवं माउण्ट कैलाश होटलका संचालक नरेश भट्टराईले विश्वमा नेपाललाई चिनाउन यस्ता समाचारले ठुलो भूमिका खेल्ने बताउँदै भने, “अझै पनि हामीले हाम्रो पर्यटकीय गन्तव्यलाई विश्व बजारमा पुर्‍याउन सकेका छैनाैं, यो समाचारले नेपालको सुन्दरता र पर्यटकीय गन्तव्यलाई विश्व बजारमा पुर्‍याउन भूमिका खेल्नेछ ।”

    गण्डकी प्रदेशमा सञ्चालनमा रहेका पदमार्गहरु ३९ वटा भन्दा बढी छन्, जसमा अन्नपूर्ण रेन्ज अन्तर्गत २९ वटा पर्दछन् भने धौलागिरी सर्किट ट्रेकिङमा ६ वटा छन् । मनास्लुअन्तर्गत ३ र पर्वतको एक भवरकोट पदमार्ग पर्छ ।

    टानले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा दिएको तथ्याङ्क अनुसार अन्नपूर्ण सङ्कटग्रस्त अवस्थामा रहेको भनिएको छ, जसमा दुई दर्जन बढी स्थान प्रवद्र्धनको पर्खामा छन् ।

    यसैमध्येको अन्नपूर्ण सेरोफेरोमा रोयल ट्रेक ट्रेक सन् १९८० मा वेलायतका राजकुमार चाल्र्सले शुरु गरेका थिए । सन् २०५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हार्जोकले अन्नपूर्ण हिमाल आरोहण गरेसँगै नेपालमा पर्यटन विकासको थालनी भएको यस क्षेत्रका जनाकारहरु बताउँछन् ।

    गण्डकी प्रदेशमा धौलागिरी (८१६७) अन्नपूर्ण (८०९१) मनास्लु(८१५६) गरी तीनवटा हिमाल ८ हजार मिटर अग्ला छन् लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो ।

    यस साइटले अन्नपूर्ण सर्किटलाई स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषतालाई समावेश गर्दै साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने उल्लेख गरेको छ ।

    साइटको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ । दोस्रो स्थानमा इक्वेडरको गालापागोस र तेस्रो स्थानमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुन्ज परेको छ ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    १५ तस्बिरमा हेर्नुहोस्, टुँडिखेलको घोडेजात्रा
    शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी बर्साइयो
    महाकाली–मेची जागरण अभियानः भरतपुरमा मोटरसाइकल र्‍याली
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      उकालो लाग्यो कोरोनाको ग्राफ, स्वास्थ्य मापदण्ड पालनामा उदासीनता

    • २.
      १५ तस्बिरमा हेर्नुहोस्, टुँडिखेलको घोडेजात्रा

    • ३.
      सुदूरपश्चिमका जिल्लाहरुमा खनाल–नेपाल समूहको समानान्तर कमिटी घोषणा

    • ४.
      शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी बर्साइयो

    • ५.
      चौबिस घण्टामा थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

    • ६.
      महाकाली–मेची जागरण अभियानः भरतपुरमा मोटरसाइकल र्‍याली

    • ७.
      काँग्रेस पदाधिकारी बैठक शुरु, देउवा र पौडेल अनुपस्थित

    • १.
      हत्या गरि फरार रहेका धादिङ खनियावासका घर्ती तामाङ पक्राउ

    • २.
      धर्मेन्द्र अर्थात् भर्सटाइल गायक

    • ३.
      भोलिबाट चिनियाँ खोप लगाउन सुरुः क-कसले पाउँछन् खोप ? कहाँ कहाँ छन् खोप केन्द्र ?

    • ४.
      सुदेश पराजुलीसहित अनेरास्ववियुका तीन नेता साधारण सदस्यसमेत नरहने गरि निष्कासित

    • ५.
      सोना आमात्यको ‘मेरो माया करोडमा’टिकटक प्रतियोगिता , बिजेतालाई ५० हजार र फोन

    • ६.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ७.
      तीन दलको बैठकअघि देउवाको आक्रामक अभिव्यक्तिः ‘ओलीले लात हानेपछि प्रचण्डलाई ठिक भएको छ’

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.