काठमाडौं । बितेको २४ घन्टामा मुलुकभर थप ३,०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यति नै अवधिमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै मुलुकभर संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।
पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न ठाउँका प्रयोगशालामा १३ हजार ८ सय वटा स्वाब नमूना पिसिआर परीक्षणबाट २,१०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमितमध्ये निको हुनेको कुल संख्या ९६ हजार ६ सय ९ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
देशभर संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७ सय ६५ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको मन्त्रालयले जनाएको छ ।