• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

शेयर बजारमा हरियाली, काराेबार रकम पनि बढ्याे

  •  मेन समाचार संवाददाता
  • ४ कार्तिक २०७७, मंगलवार १९:५६ प्रकाशित
    Advertisement
    Advertisement
    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड । तस्बिर: मेन समाचार

    काठमाडाैं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १३.२२ बिन्दुले बढेर एक हजार ५८३.६० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६५ बिन्दुले वृद्धि भई ३१३.५५ मा पुगेको छ ।

    आज कूल १९३ कम्पनीका ५० लाख २४ हजार ५० कित्ता शेयर रु एक अर्ब २७ करोड १८ लाख २९ हजार ९९० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका आज १२ वटै उपसमूहको शेयर बिक्री भएको छ ।

    बैंकिङ ७.७४, व्यापार २.९६, होटल १९.२७, विकास बैंक २२.१९, जलविद्युुत् २७.७२, वित्त ८.६, निर्जीबन बीमा ५५.७६, उत्पादन २५.३६, अन्य ११.४, लघुवित्त १६.४४, जीवन बीमा ७८.१२ र सामूहिक लगानी कोष ०.११ बिन्दुले उकालो लागेको छ ।

    कारोबारका आधारमा आज अरुण काबेली पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड एक लाख एक हजार ५८० बराबरको कारोबार भयो । यस्तै अपि पावर कम्पनी रु सात करोड ७४ लाख ८४ हजार ७४५, एचआइडिसीएल रु छ करोड दुई लाख दुई हजार ३४७, नागरिक लगानी कोष रु चार करोड एक लाख ७७ हजार २०२, हिमाल दोलखा हाइड्रोपावर रु तीन करोड ४३ लाख १५ हजार ४६१, शिखर इन्स्योरेन्स कम्पनी रु दुई करोड ७९ लाख ८५ हजार २४० र कुमारी बैंकको रु दुई करोड ६८ लाख १४ हजार ६९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

    कारोबारका आधारमा जनरल इन्स्योरेन्स ९.९१, माउण्टेन हाइड्रो ९.६६, हिमाल दोलखा हाइड्रोपावर ९.६०, जोशी हाइड्रोपावर ९.४०, घलेम्दी हाइड्रो ८.८७, अपि पावर कम्पनी ७.३२ र ङादी पावरका लगानीकर्ताले ७.२५ प्रतिशतले कमाए ।

    यस्तै, नेपाल फाइनान्स १.८६, रिलायन्स फाइनान्स १.६४, मुक्तिनाथ विकास बैंक १.६२, एनआइसी एशिया समृद्धि फण्ड १.२२, घोडीघोडा लघुवित्त १.०१ र सूर्योदय लघुवित्तका लगानीकर्ताले ०.८६ प्रतिशतले गुमाए ।

    Share this:

    • Twitter
    • Facebook
    • Pinterest
    • WhatsApp
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बालुवाटारमा ओली र गौतमको अर्थपूर्ण डिनर मिटिङ
    नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड
    काेराेनाकाे जाेखिम बढ्दै गर्दा छैन निगरानी, छैन सावधानी !
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बालुवाटारमा ओली र गौतमको अर्थपूर्ण डिनर मिटिङ

    • २.
      बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ ? यसरी गर्नुस् उजुरी

    • ३.
      राष्ट्रिय सभा उपनिर्वाचन जेठ ६ गते, मताधिकार क–कसलाई ?

    • ४.
      नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड

    • ५.
      दुइ थान भरुवा बन्दुकसहित पक्राउ

    • ६.
      कटकुवा स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाउने निर्णय

    • ७.
      कोरोना नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह

    • १.
      मन्त्रिपरिषद्को निर्णयः विद्यालय सहित भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द

    • २.
      मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँ पर्वको शुभकामना

    • ३.
      काेराेना नियन्त्रण गर्न जारी गरेकाे सरकारी आदेशमा केके छ ?

    • ४.
      उघ्रिँदै छ पुननिर्मित धरहराको घुम्टो (तस्बिरहरु)

    • ५.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      शनिबारको हावाहुरीले त्रिशुली नदीको निर्माणाधीन पुल उडायो

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.