• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नेप्सेमा दोहोरो अंककाे वृद्धि, ७ उपसमूहकाे शेयर उकालाे

  •  मेन समाचार संवाददाता
  • ५ कार्तिक २०७७, बुधबार १७:५७ प्रकाशित
    Advertisement
    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड । तस्बिर: मेन समाचार

    काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।

    यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर रु एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए ।

    स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ ।

    यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ ।

    स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्षस्थानमा छ । सो बैंकको रु २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोवार भएको छ ।

    यस्तै कुमारी बैंक रु आठ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक रु सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक रु चार करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक रु चार करोड १० लाख १४ हजार ८७१ बराबरको कारोवार भई शीर्षस्थानमा पुगेको छ ।

    कारोवारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एशिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए ।

    त्यस्तै नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेशनल हाइड्रोपावर ४.२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान
    जो दोहोरिएर चुनाव लड्दा पराजित भए
    दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.