• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

नवरात्रको सातौँ दिन: कालरात्रि देवीको पूजा गरिँदै

  •  मेन समाचार संवाददाता
  • ७ कार्तिक २०७७, शुक्रबार ०९:४० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर । मेन समाचार

    काठमाडाैं । नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

    नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो ।

    त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन आइतबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।

    चौथो दिन मङ्गलबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बुधबार स्कन्दमाताको पूजा आराधना गरियो । छैटौँ दिन बिहीबार कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

    सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । प्राणीमात्रलाई कालले नष्ट गर्दछ ।

    त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

    दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् ।

    भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ । जहाँ भक्तजन पुग्ने गरेका छन् । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान, खानपिन गरी दशैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

    दशैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेकाले प्रत्येक व्यक्तिले सचेतता अपनाउनु जरुरी छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री
    १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
    विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.