• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

गाउँपालिकामा १२ दिनदेखि तालाबन्दी, केन्द्र विवाद कायमै

  •  मेन समाचार संवाददाता
  • ७ कार्तिक २०७७, शुक्रबार १०:४८ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    बैतडी । गाउँपालिका केन्द्रका विषयमा विवादपछि बैतडीको सुर्नया गाउँपालिकामा १२ दिनअघि लगाइएको ताला अझै खुल्न सकेको छैन । गत असोज २६ गते गाउँपालिकामा तालाबन्दी गरिएको थियो ।

    गाउँपालिकाको केन्द्र वडा नं ५ को कठ्यागौँडमै हुनुपर्ने मागसहित स्थानीयवासीहरुले सङ्घर्ष समिति गठन गरेर गरेको तालाबन्दी अझै खुल्न सकेको छैन ।

    गाउँपालिकाले गत वर्ष वडा नं ५ कै पबिता केन्द्र बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका समूहले तालाबन्दी गरेका हुन् । गत असोज २८ गते मुचुल्का बनाएर ताला खोल्ने क्रममा गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि नै कुटपिट भएपछि गाउँपालिकाका सबै कामकाज प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले जानकारी दिए ।

    सो दिन गाउँपालिका अध्यक्षसहित १४ जना घाइते भएका र गाउँपालिका अध्यक्ष अझै पनि उपचारमै रहेकाले छलफल नै हुन नपाएको उहाँले बताउनुभयो । उनले भने, “अब दशैँपछि असन्तुष्ट समूहसँग बसेर छलफल गर्ने तयारी भएको छ ।”

    गाउँपालिकामा तालाबन्दी भएपछि सेवाग्राही मारमा परेका छन् । गाउँपालिकामा तालाबन्दी हुँदा गाउँपालिकाबाट प्राप्त हुने सेवा पाउन मुस्किल भएको स्थानीयहरुले बताएका छन् ।

    गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा अहिले गाउँलेहरुबीच समेत तिक्तता आएको छ । कसैले पबिता केन्द्र उपयुक्त हुने तर्क गरिरहेका छन् भने कसैले साविककै ठाउँमा केन्द्र उपयुक्त हुने बताएका छन् ।

    गाउँपालिकाको केन्द्रको विवादलाई लिएर जनप्रतिनिधिमाथि नै आक्रमण भएपछि असुरक्षा महसुस भएको जनप्रतिनिधिहरुले बताएका छन् । छलफलबाट समस्याको समाधान गर्नुको सट्टा कुटपिटमै उत्रिएपछि अब त्यो ठाउँमा जान मुस्किल भएको सुर्नया–१ का वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए ।

    उनले भने, “सुरक्षाको प्रत्याभूति नहुँदासम्म त्यो ठाउँमा जान सकिने अवस्था छैन ।” यता गाउँपालिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँ कार्यपालिकाले गत वर्ष नै निर्णय गरेको थियो तर स्थानीयवासीले भने सर्वोच्चमा विचाराधीन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

    गाउँपालिकाले केन्द्र सार्ने निर्णय गरेपछि असन्तुष्ट स्थानीय बासिन्दाले सर्वाेच्चमा मुद्दा हालेका थिए ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज
    प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
    कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज

    • २.
      विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस

    • ३.
      ‘फ्लोर क्रस’ गर्ने कर्णालीका सांसद एमालेको साधारण सदस्य समेत नरहने गरि निष्कासित

    • ४.
      प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    • ५.
      त्रिकोणात्मक सिरिजः कुशल र आशिफ चम्किँदा नेपाल ९ विकेटले विजयी

    • ६.
      भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण

    • ७.
      कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    • १.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • २.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ३.
      खोटाङमा ‘हिरासत पुस्तकालय’ अभियान

    • ४.
      दोस्रो चरणको खोप वैशाख ७ देखिः कहिले कसको पालो ? खोप केन्द्र कहाँ ?

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      प्रदेश सरकार संकटमा परेपछि गण्डकीका मुख्यमन्त्री गुरुङ काठमाडौँमा

    • ७.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.