काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।
उनका प्रेस सल्लाहकार सूर्य थापाले उक्त जानकारी गराएका हुन् । थापाका अनुसार प्रधानमन्त्रीले अपरान्ह ४ः२५ बजे नेपाल टेलिभिजनबाट सम्बाेधन प्रशारण हुनेछ ।
प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रण, दसैँ लगायतका समसामयिक विषयमा सम्बोधन गर्ने बताइएकाे छ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुहुने सम्बाेधन आज ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रशारणकाे व्यवस्था मिलाइएकाे जानकारी गराउन चाहन्छु।
साथै, प्रधानमन्त्रीज्यूकाे आधिकारिक वेभसाइट https://t.co/Fr4gOXYrI6 मा उपलब्ध हुनेछ ।— Surya Thapa (@ThapajiSurya) October 23, 2020