• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

मनिष र रेश्मा बने डाक्टर, गीतमा कोरोना संक्रमणपछि डाक्टरको अवस्था (भिडियो)

  •  मेन समाचार संवाददाता
  • ७ कार्तिक २०७७, शुक्रबार १७:१२ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाण्डौ। कोरोना महामारीबिच फ्रन्टलाइनमा रहेर बिरामीको सेवा गर्ने दुई डाक्टरको प्रेमकथामा आधारित सांगीतिक भिडियो ‘निदाउके सपनीमा’ सार्वजनिक भएको छ ।

    दशैँको छेकोमा सार्वजनिक भिडियोमा समावेश गीतमा सुगम पोखरेल र कविता श्रेष्ठको स्वर रहेको छ । रमेश कुमार श्रेष्ठका शब्दमा एलिश कार्कीको संगीत रहेको छ ।

    भिडियोमा ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरेको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोले फ्रन्टलाइनमा रहेर बिरामीको उपचार गर्ने क्रममा आफैँ संक्रमित हुनुपरेपछिको अवस्थालाई देखाएको छ ।

    भिडियोमा बिहेपछि पहिलो पटक दशैँ मनाउन तयारी गरिरहेको बेला रेश्मालाई कोरोना संक्रमण भएपछि अस्पतालमा नै टिका लगाएको दृश्य तथा उपचारको क्रममा सिसा बाहिरबाट श्रीमती हेरेर रुनु पर्दाको दृश्यले भाव विह्वल बनाउँछ ।

    भिडियोको निर्देशन चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले गरेका छन् । सन्तोष भन्छन्, ‘म्यूजिकल लभ स्टोरीमा दुई डाक्टरको लभलाइफलाई देखाउन खोजेको छु । यो गीत कोरोना महामारी बीचमा फ्रन्टलाईनमा रहेर काम गर्ने सबैलाई सम्मान स्वरुप समर्पण गरेका हौँ । गीतमा नागरिकको सेवा गर्दै गर्दा कोभिड-१९ को संक्रमण भएपश्चातको कथा देख्न सकिन्छ ।’

    बिरामीको उपचारमै रहँदा कोरोना संक्रमण भएका डाक्टरलाई समाजले गरेको दुर्व्यवहार सम्झँदै निर्देशक सेन भन्छन्, ‘जीवनमा सबैभन्दा नजिक भएको मान्छे चाड पर्वको समयमा कोभिड-१९ बाट संक्रमण हुँदा कसैको मनमा के बितेको होला ! त्यहीँमाथि कोरोना संक्रमणपछि समाजले छिछि दुर दुर गर्ने, हेला भावले हेर्ने गरेको पाइयो । आफ्नो ज्यानको बाजी राखेर उहाँहरुले नै फ्रन्टलाईनमा बसेर बिरामीको उपचार गरिरहनु भएको हुन्छ । उहाँहरुले कोरोना संक्रमित भनेर कसैको अपहेलना गर्नुभएको छैन । उहाँहरुको कामलाई सम्मानस्वरुप यो गीत ल्याएका हौँ ।’

    अभिनेता मनिष राउतले फ्रन्टलाईनमा काम गर्नेहरुको ‘डेडिकेशन’लाई सांगीतिक रुपमा देखाउन खोजेको बताए । ‘आँशुसेन फिल्मससँग म एकदमै नजिक छु, जसको कारण पनि म यो भिडियोमा जोडिने अवसर पाएको हुँ । आत्मैबाट राम्रो बनाउने कोशिस गरेका छौँ । यो भिडियोले फ्रन्टलाईनमा काम गर्नेहरुको ‘डेडिकेशन’लाई सम्मान गर्छ ।’

    आँशुसेन फिल्मसको प्रस्तुतिमा बनेको गीतका निर्माता प्रीतम बिष्ट हुन् । पुरुषोत्तम प्रधानको डिओपी रहेको छ भने भुपेन्द्र अधिकारीको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिंग रहेको छ ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सोना आमात्यको ‘मेरो माया करोडमा’टिकटक प्रतियोगिता , बिजेतालाई ५० हजार र फोन
    ‘मिस एयर होस्टेज २०२१’ को लागि आवेदन खुला
    आमा बन्दै प्रियंका, भनिन्– ‘हो, हामी गर्भवती छौं’
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ

    • २.
      काठमाडौँको अधिकांश स्थानमा मेलम्चीको पानी वितरण भएन

    • ३.
      प्रतिनिधिसभाका विभिन्न समितिमा पदाधिकारी हेरफेर

    • ४.
      गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

    • ५.
      ४९६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

    • ६.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • ७.
      यसकारण लाग्छ दाँतमा ‘किरा’, कसरी गर्ने दाँतको स्याहार ?

    • १.
      हत्या गरि फरार रहेका धादिङ खनियावासका घर्ती तामाङ पक्राउ

    • २.
      धर्मेन्द्र अर्थात् भर्सटाइल गायक

    • ३.
      भोलिबाट चिनियाँ खोप लगाउन सुरुः क-कसले पाउँछन् खोप ? कहाँ कहाँ छन् खोप केन्द्र ?

    • ४.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      सुदेश पराजुलीसहित अनेरास्ववियुका तीन नेता साधारण सदस्यसमेत नरहने गरि निष्कासित

    • ७.
      शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन नगर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.