• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

विपी जीवनकाे सार्वजनिक नभएका महत्वपूर्ण तस्बिरहरु

  •  मेन समाचार संवाददाता
  • ८ कार्तिक २०७७, शनिबार ०९:०७ प्रकाशित
    Advertisement
    Advertisement
    सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमणका क्रममा विपी काेइरालालाई चिनियाँ अधिकारीहरुले स्वागत गर्दै । तस्बिर संग्रह: शान्त डि गजुरेल ।

    प्रजातान्त्रिक आन्दोलनका धरोहर प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरण नेपाली राजनीतिमा अमिट छाप बनेर बसेको छ । प्रजातन्त्र स्थापनाका लागि जीवनपर्यन्त संघर्ष गरे ।

    प्रजातन्त्र संस्थागत गर्ने क्रममै विसं २०३९ साउन ६ गते उनको पार्थिव शरीरले पृथ्वीबाट बिदा लियो । राजनीतिक दुरदर्शिता, जनपक्षीय विचार र भावनाहरुले गर्दा कोइरालाको स्मरण नेपाली राजनीति आजसम्म उत्तिकै गरिन्छ ।

    विसं २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका कांग्रेसको महाधिवेशनमा उनी पार्टी सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए । २०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

    राजतन्त्र शासनकालमा लामो समय भारतमा निर्वासन जीवन बिताएका विपीको स्मरण नेपाली साहित्यमा पनि उत्तिकै गरिन्छ । यौनमनोविज्ञानमा आधारित साहित्य कृति उनका प्रकाशित छन् ।

    कोइरालाका तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), मोदीआइन (२०३६), हिटलर र यहुदी (२०४०), बाबु, आमा र छोरा (२०४५), उपन्यास एवम् कथातर्फ मेरो कथा (२०४०), दोषी चश्मा (२०३९) र श्वेत भैरवी (२०३९) प्रकाशित छन् । विपी कोइरालाको तस्बिर अंकित पहिलो हुलाक टिकट २०४७ सालमा प्रकाशन भएको थियो ।

    कोइरालाको राजनीतिक जीवन भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनबाट सुरु भएको बताइन्छ । उनी र उनका दाई मातृकाप्रसादलाई उक्त आन्दोलनमा लागेकै कारण बेलायती सरकारले सन् १९३० मा ३ महिना कैद गरेको थियो ।

    उनको शिक्षादिक्षा पनि भारतमै पूरा भएको थियो । सन् १९३२ मा उच्च माध्यमिक शिक्षा वनारसमा पूरा गरे । वनारस हिन्दू विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक र कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे ।

    पढाई पूरा गरेपछि दार्जिलिङमा रहेर कानुनी पेशामै उनले केही समय व्यतित गरेका थिए । सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे । पछि सोही पार्टी नेपाली कांग्रेस बन्न पुग्यो । सन् १९४७ मै विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा तत्कालीन सरकारले उनलाई १ वर्ष कैद गरेको थियो ।

    उनले सन् १९५१ मा नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे । अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो । नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यसपछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला मन्त्रिमण्डलमा सामेल भए । उनी गृहमन्त्रीको भूमिकामा सरकारमा सहभागी थिए ।

    सन् १९५१ मा गृहमन्त्री छँदा दिल्ली जाँदै विपी कोइराला ।

    सन् १९५९ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे । उनको सरकार १८ महिना मात्र सरकारमा रह्यो ।

    प्रधानमन्त्री कालमा उनले संयुक्त राष्ट्रसंघ, भारत तथा चीनको मैत्रीपूर्ण भ्रमण गरे ।

    कोइरालाले सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमण गरेको नेपाल र चीन सरकारका कतिपय आधिकारिक सरकारी वेबसाइटहरूमा उल्लेख छ ।

    सन् १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमणका क्रममा विपी काेइरालालाई चिनियाँ अधिकारीहरुले स्वागत गर्दै ।

    विसं २०१७ साल पुस १ (१५ डिसेम्बर १९६०) गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे । उनलाई कुनै मुद्दा बिनानै ८ वर्षसम्म कैदमा गरियो ।

    सन् १९६८ उनलाई बनारस निर्वासनमा जान दिइयो । सन् १९७६ मा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देश द्रोहको अभियोगमा फेरि कैद गर्‍यो ।

    अन्तर्राष्ट्रिय दबाबका कारण १९७८ मा उनका बिरूद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो ।

    १९७९ को (२०३६ सालको आन्दोलन) बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो । क्यान्सर रोगबाट थला परेका उनको मृत्यु २१ जुन १९८२ (२०३९ साउन ६)मा काठमाडौँमा भएको थियो ।

    राेगले थलिएपछि ग्रस्त विपी काेइरालालाई वैद्य र आफन्त हेरचाह गर्दै ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
    ३६ जिल्लाका सीडीओकाे सरुवा, को कहाँ पुगे (सूचीसहित)
    ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      थप ११२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    • ३.
      ३६ जिल्लाका सीडीओकाे सरुवा, को कहाँ पुगे (सूचीसहित)

    • ४.
      १३ बर्षीया बालिका बलात्कार गर्ने अभियुक्तलाई १८ वर्ष कैद फैसला

    • ५.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    • ६.
      देव गुरुङ प्रमुख सचेतकबाट हटाइए, विशाल भट्टराईलाई जिम्मेवारी

    • ७.
      पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ६.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    • ७.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.