• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

‘बहिनी र मेरो दक्षिणामा कम्पिटिसन हुन्थ्यो’

  •  मेन समाचार संवाददाता
  • ८ कार्तिक २०७७, शनिबार १२:५१ प्रकाशित
    Advertisement
    अभिनेता प्रदीप खड्का । फाइल तस्बिर ।

    दशैँमा धेरथोर योजना सबैका हुन्छन् । परिवारसँगै मनाउने । आफन्तकोमा जाने । घुम्न जाने । यस्तैउस्तै ।

    तर यसपटकको दशैँ केही फरक बन्दै छ सबैका लागि । कोरोना भाइरसका कारण सीमित घेराभित्र दशैँ मनाउनुपर्ने बाध्यता सबैलाई छ ।

    यसै सन्दर्भमा हामीले चर्चित अभिनेता प्रदीप खड्कासँग यसपालीको दशैँ कसरी मनाउने योजना बनाएका छन् ? सोधेका छाैं ।

    १) यसपटकको दशैँ कसरी मनाउने योजना बनाउनु भएको छ ?

    विगत २ महिनादेखि अनुप बराल सरसँग क्लास लिन पोखरा आएको छु । टीका भएपनि धेरै ठाउँमा आवतजावत गर्ने कन्डिसन छैन । सोहीकारण म काठमाडौं आउँदिन । हजुरबुवा, हजुरआमालाई भेट्ने कुरा पनि भएन । दशैँमा पोखरामै हुन्छु सायद ।

    २) खल्लो हुने भयो नि दशैँमा परिवारसँगै नहुँदा ?

    फेमिली डिस्ट्यान्स त भएको छैन । जो आउट अफ भ्याली हुनेहरुलाई राम्रो टाइम त हुन सक्ला दशैँको लागि तर यसपालि कोरोना कारणले गर्दा त्यो पनि कमै मात्र सम्भावना छ । जति सके नभेटे कै राम्रो । घरमा मिस नै होला जस्तो लाग्दैन ।

    ३) यसअघिको दशैँ कस्तो हुन्थ्यो ?

    हजुरबुवा, हजुरआमाको हातबाट टीका लगाइन्थ्यो । मामाघर जान्थें । आउट अफ भ्याली रिलेटिभ्स पनि नभएकाले भ्याली भित्रै हुन्थें म ।

    ४) दशैँ प्रायः लाई खास हुन्छ । तपाईंलाई चाहिँ कत्तिको स्पेशल लाग्छ दशैँ ?

    बच्चामा स्कुल बिदा हुन्छ भनेर राम्रै लाग्थ्यो । पछिल्लो समय काममै बढी फोकस हुनुपर्ने भएकाले प्रायः सुटिङ नै परिरहन्छ । खुसी नै लाग्छ दशैँमा जे होस् ।

    ४) दशैँमा एककिसिमको सपिङको माहोल हुन्छ । दशैँलाई नै भनेर सपिङ गर्नुहुन्छ कि नाइँ ?

    छैन, छैन । म आफैं पनि त्यति धेरै सपिङ गर्दिन अन्य समयमा पनि । दशैँलाई नै भनेर सपिङ गरेको छैन ।

    ४) दशैँमा दक्षिणाको आश त पक्कै भइ नै हाल्छ । अहिलेसम्म धेरै दक्षिणा कलेक्सन भएको कुनै दशैँ याद छ ?

    पछिल्लो ५/७ वर्ष त खास वास्ता छैन । तर, सानोमा हुँदाको याद आउँछ । बहिनी र मेरो दक्षिणाको एकदम कम्पिटिसन हुन्थ्यो । मामाघरतिर त मैले पनि पाउँथें । घरतिर सानोमा पाएपनि अलि ठूलै भएपछि नपाउने । उल्टो आफूले दिनुपर्ने । सानोमा हुँदा धेरै त होइन ५ सय १ हजारसम्म हुन्थ्यो ।

    ५) दशैँको सम्झनलायक कुनै क्षण ?

    दशैँमा पिङ खेल्ने बेलामा माथिबाट खसेको छु । बच्चाबेलामा पिङ मच्चाएर माथि पुर्‍याउँदा वाहवाही पाइन्थ्यो नि त । तर माथिबाट खसें । लाजको अनुभूति भाथ्यो ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सरकार र मिटरब्याजीपीडित आज पुन: वार्तामा बस्ने
    एक महिनापछि हलमा नयाँ नेपाली चलचित्र ‘प्रेमा’
    एसईई सुरू भएकोको १५ मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • २.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ३.
      इलाम कारागारबाट थुनुवा फरार

    • ४.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ५.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ६.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ७.
      माल्टा पठाउने नाममा ठगी

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.