• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

त्रपुराकोटमा दशैँको जमरा टीका लगाउने आफ्नै साइत

  •  मेन समाचार संवाददाता
  • १० कार्तिक २०७७, सोमबार १२:२२ प्रकाशित
    Advertisement
    Advertisement

    डाेल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैँको टीका लगाउने प्रचलन छ ।

    नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी भानुचन्द्र उपाध्यायले बताए ।

    “नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ”, उनले भने, “त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन् ।”

    दशैँको औँशीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन अझै कायम रहेको पूजारी उपाध्यायको भनाइ छ ।

    त्रिपुराकोट बाहेक जिल्लाका दुनै लिकु, पहाडा, रह, जुफाल, माझफाललगायत अन्य स्थानमा भने ज्योतिषका साइत अनुसार नै जमरा टीका लगाइन्छ ।

    ज्योतिषका अनुसार आज बिहान १० बजेर १९ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज रातिदेखि मात्र जमरा टीका लगाउन शुरु हुने गर्छ ।

    त्रिपुरा सुन्दरी मन्दिरमा नवरात्र अवधिभर पूजाआजा गर्नका लागि जिल्लाका विभिन्न गाउँबाट ब्राह्मण तथा भक्तजनहरु आउने गर्दछन् ।

    मन्दिरको पूजाआजा व्यवस्थापनका लागि ब्राह्मण, निसानी, छडिदार, फुलारा, दमाइ र कुलाललाई विशेष जिम्मेवारी तोकिएको हुन्छ ।

    जसअनुसार ब्राह्मणलाई पूजाआजा गर्ने, निसानीलाई निसान बोक्ने, छडिदारलाई राङ्गाबोका वली काट्ने, फुलारालाई देवीको फुलको डोला बोक्ने, दमाइको बाजागाजा बजाउने र कुलालको राङ्गा वलीका लागि बावियोको डोरी बाँध्ने जिम्मेवारी दिएको हुन्छ ।

    नेपालभर ज्योतिषको साइतअनुसार जमरा टीका लगाउने प्रचलन भए पनि त्रिपुराकोटमा बेलुकीमात्रै टीका जमरा लगाउने प्रचलन नेपालमै नयाँ रहेको बताइएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नागरिक उन्मुक्ति लचिलो भए पछि सुपका मुख्यमन्त्रीले विश्वासको मत लिदैँ
    आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने
    Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It? Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      अष्ट्रेलियका कप्तान फिन्चद्धारा सन्यासको घोषणा

    • २.
      यस्तो छ आजको विनिमयदर, डलर, यूरो, पाउण्डको भाउ बढयाे

    • ३.
      नागरिक उन्मुक्ति लचिलो भए पछि सुपका मुख्यमन्त्रीले विश्वासको मत लिदैँ

    • ४.
      चरनमा छाडिएको हल गोरु खुट्टा काटिएको अवस्थामा फेला

    • ५.
      टर्की र सिरियामा भुकम्पवाट ज्यान गुमाउने ३ हजार ८ सय नाघे

    • ६.
      आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी

    • ७.
      आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.