• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

  •  मेन समाचार संवाददाता
  • ११ कार्तिक २०७७, मंगलवार १०:५५ प्रकाशित
    Advertisement

    काठमाडौं । आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् ।

    आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तौ छैन । नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदैछ ।

    कोरोनाकै कारण यस वर्ष दशैँ मनाउन राजधानी बाहिर जाने पनि कम नै देखिए । सडकमा विगत वर्षका जति सवारी गुडेनन् । नजिकको परिवारका सदस्य पनि काम विशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन शुरु गरिएको शास्त्रीय मान्यता छ ।

    यसैगरी आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अङ्कुश लाग्ने धार्मिक विश्वास छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
    गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो
    लण्डनमा शिक्षामन्त्री पौडेल
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

    • २.
      धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

    • ३.
      बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    • ४.
      निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थाले

    • ५.
      मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ

    • ६.
      गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो

    • ७.
      डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ३.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    • ४.
      नेपाल ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    • ५.
      गठबन्धनलाई हराउँदै एमालेको जित घिरिङ गाउँपालिकामा

    • ६.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • ७.
      झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.