• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट

  •  मेन समाचार संवाददाता
  • १३ कार्तिक २०७७, बिहीबार ०९:०३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर: गुगल

    काठमाडौं । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट पुगे ।

    सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुन्नुभएका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट पुगेका थिए । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताए ।

    “सामाजिक सञ्जाल फेसबुक, युट्यूव लगायतमा मानहुँकोटको तस्वीर, भिडियो हेर्थे, घुम्नैपर्ने ठाउँ जस्तो लागेको थियो,” उनले भने , “यहाँ आएपछि यहाँको दृश्यले मनै लोभ्यायो ।”

    पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको मानहुँकोट दशैं बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । दशैं बिदाको क्रममा मानहुँकोटमा अत्याधिक आन्तरिक पर्यटक पुगेका छन् । दशैं बिदाको मानहुँकोटमा दैनिक पाँच सय भन्दा बढी पर्यटक आएको स्थानीयवासी रेवती आलेले जानकारी दिए ।

    बुधबार मात्रै करिब एक हजार आन्तरिक पर्यटक मानहुँकोट पुगेका छन् । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले दशैं बिदा पारेर मानहुँकोटमा घुम्न आउने आन्तरिक पर्यटकको भीड लागेको जानकारी दिए ।

    “बिदामा घुम्ने उपयुक्त गन्तव्यको रुपमा मानहुँकोट विकास भइरहेको छ,” उनले भने, “दिउँसो मात्रै नभई रातको समयमा पनि मानहुँकोटमा रात बिताउने पर्यटक अत्याधिक रहे ।” उनका अनुसार रातिको समयमा टेण्ट टाँगेर सुत्ने र बिहान सबेरै सूर्योदयको दृश्यावलोकनका लागि पनि आन्तरिक पर्यटक मानहुँकोट आउने गरेका छन् ।

    तनहुँ जिल्लाभित्रकै विभिन्न ठाउँ र छिमेकी जिल्लाहरुबाट पनि मानहुँकोटमा पर्यटक आउन थालेका छन् । जाडो मौसम शुरु हुन लागेसँगै मानहुँकोटमा थप पर्यटक आगमन बढ्ने अनुमान छ । जाडो मौसममा मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पर्यटक आकर्षित हुने गरेका छन् । मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ ।

    मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे
    सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा
    प्रचण्डले भने- फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे

    • २.
      सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा

    • ३.
      नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

    • ४.
      आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?

    • ५.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ६.
      प्रचण्डले भने- फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ

    • ७.
      गठबन्धनलाई ‘युज’ गरेर कांग्रेस आफू अनुकूल सरकार बनाउने रणनीतिमा छ : गौतम

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ३.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ४.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ५.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ६.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    • ७.
      हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.