पोखरा । कोरोना संक्रमित थप १ जनाको पोखरामा मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा १३ की ३६ वर्षीया महिलाको बुधबार राति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्राडा अर्जुन आचार्यले जानकारी दिए ।
कात्तिक ५ गते उनी अस्पतालको कोरोना उपचार केन्द्रको आइसियुमा भर्ना भएकी थिइन् । उनमा कोरोनासँगै निमोनिया रहेको अस्पतालले जनाएको छ ।
उक्त अस्पतालमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएकाको संख्या २० पुगेको छ ।