• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

प्राकृतिक ‘भ्यु प्वाइन्ट’ खोपारा

  •  मेन समाचार संवाददाता
  • १४ कार्तिक २०७७, शुक्रबार १३:२१ प्रकाशित
    Advertisement
    तस्बिर: गुगल

    काठमाडौं ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोपारा लेक भौगोलिक मात्र होइन प्राकृतिक र जैविक रुपमा पनि मनमोहक छ । समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपारालाई प्राकृतिक ‘भ्यू प्वाइन्ट’ नै भन्न सकिन्छ ।

    यहाँबाट पुथा, गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, बराह, शिखरलगायतका हिम टाकुराहरुलाई नजिकैबाट अवलोकन गर्न सकिन्छ । पहाडको शिरमा भिरालो पाखो, केही तल हरियाली जङ्गल र पृष्ठभूमिमा लहरै बसेका हिमाल । यही हो खोपाराको आकर्षण । यहाँबाट देखिने हिमाल र पहाडको बादलसँगको लुकामारी निकै आकर्षक छ । शान्त वातावरण । मौसमअनुसार फूल्ने रङ्गिचङ्गी फूल । घाँसे मैदानमा चरिरहेका चौँरी, भेडा र घोडाका अलग अलग बथान । खोपाराको बिशेषता यतिमै सिमित छैन ।

    “नागबेली परेर फेदीमा बगेको कालीगण्डकीदेखि हिमालको दृश्य देखिने दुर्लभ स्थानमध्ये एक हो खोपारा” यहाँस्थित सामुदायिक लजमा बिगत एक वर्षदेखि कार्यरत पाउद्वारका आदेश तिलिजा बताउँछन् ।

    उनका अनुसार खोपाराबाट सूर्योदय र सूर्यास्तको दृश्यका साथै म्याग्दी, पर्वत र कास्कीका कैयौँ पहाडी बस्ती पनि देख्न सकिन्छ । खोपाराभन्दा तलको क्षेत्रमा हरियाली जङ्गल छ भने माथिल्लो क्षेत्र नाङ्गो पाखो ।  वडा सदस्य धनबहादुर पाइजा पुनले यस क्षेत्रमा १७५ प्रजातिका बनस्पति पाइने जानकारी दिए ।

    ‘‘वर्षातको मौसममा बुकीमा धेरैथरि फूल फुलेर रङ्गिचङ्गी देखिन्छ’’,उनले भने ‘‘हिउँदमा हिउँले छोपिने खोपारा वसन्त ऋतुमा पाखाभरि ढकमक्क फूल्ने लालिगुराँसले मनमोहक देखिन्छ ।’’

    भिरालो हरियाली घाँसे मैदानको पृष्ठभूमिका हिमालहरुको दृश्य बिहान १०–११ बजेपछि बादलको घुम्टोभित्र लुक्छ । छिन–छिनमा बादल र कुइरो घुम्टो ओडेर लुकामारी खेल्ने गर्दछन् । प्रभातकालीन समयमा हिमाल र खुलेको निलो आकाश देख्दा आँखा चिम्लन मन नलाग्ने बेनीबाट खोपारा भ्रमणमा गएका सिजन शाहीले अनुभव सुनाए ।

    ‘‘हिमालको पृष्ठभूमिमा चौंरी , भेडा र घोडाको बनाथ चर्दै र खेल्दै गरेको दृश्य पहिलो पटक यहाँ आएर देखेँ,’’ शाहीलेभने ‘‘यहाँको रमणीय दृश्य र शान्त वातावरणले मोहित बनायो ।’’

    खोपाराभन्दा तलको खोँचबाट जहाज र हेलिकोप्टर मुस्ताङ ओहोर–दोहोर गरेको दृश्य कम लोभलाग्दो हुदैन । खोपारा लेकसम्म पुग्न नाकै ठोक्किने उकालो, तल हेर्दा रिँगटा लाग्ने अक्करे भिरको यात्रा गर्नुपर्छ । प्राकृतिक सौन्दर्यले गर्दा उकालो यात्राको दुःख र थकाई मेटिएको बेनीका सज्जन हमालले अनुभव सुनाए ।

    खोपारा र आसपासका क्षेत्रमा पाउद्वार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलब जुटाउन डेढ सयभन्दा बढी चौँरी पालिएको छ । पाउद्वार गाउँका सात वटा भेडा गोठको चरन क्षेत्र पनि खोपारा वरपर नै हो । पछिल्लो समय यहाँ भैँसी र गाइको गोठ भने लैजान छोडिएको छ । चरन क्षेत्रमै ब्याएका भैँसीका पाडापाडी चिप्लीएर तल झर्ने र त्यसलाई खोज्न जानुपर्ने भएका कारण परापूर्व कालमा यस ठाउँलाई “खोपारा” नामाकरण गरिएको स्थानीय बताउँछन् ।

    पछिल्लो समय यो ठाउँलाई खोप्रा भनेर प्रचार भइरहेको छ । पाउद्वारदेखि खोपारा जाने बाटोमा विभिन्न मण्डलीका थान छन् । स्थानीयबासीको धार्मिक आस्था भएका मण्डलीका थानसँग ग्रामीण कृषि, गोठाला र शिकारीहरुका कथा जोडिएका छन् ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने खोपारा पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ । सन् २०१८ र २०१९ मा एक हजार जनाभन्दा बढी बिदेशीले खोपरा क्षेत्रको भ्रमण गरेका थिए ।

    विदेशीका साथै देशका विभिन्न ठाउँबाट समेत आन्तरिक पर्यटक खोपारा भ्रमणमा आउँछन् । सिजनमा पाहुनाले खोपराको सामुदायिक लज भरिभराउ हुन्छ । कोरोनाको महामारीले गत फागुनदेखि अन्य क्षेत्रजस्तै खोपाराको पर्यटन पनि सुस्ताएको छ ।

    तर सहरी क्षेत्रबाट जन्मथलोमा फर्किएका र जिल्लाभित्रकै मानिसहरुले घुमघामका लागि खोपारा रोज्न थालेका छन् । सामाजिक अभियन्ता महाबीर पुनको अगुवाइ र अवधारणाअनुसार सञ्चालित अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा खोपारालाई समेटिएको छ ।

    खोपाराको रिपीटर टावरबाट पुनले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङ जिल्लाको दुर्गम बस्तीमा तार रहित इन्टरनेटको सञ्जाल फिजाएका छन् । दुर्गम भए पनि आधुनिक सूचना प्रबिधिमा रमाउन पाउनु खोपाराको अर्को बिशेषता हो ।

    खोपारा घुम्न जानेहरुलाई खाने बस्ने सुबिधाका लागि सामुदायिक लज सञ्चालन भएको छ । करिब दश वर्ष पाउद्वार र हिमाञ्चल माविमार्फत् सञ्चालित सामुदायिक लजलाई गत मङ्सिरदेखि पाउद्वार पर्यटन सहकारी संस्था मातहत ल्याइएको छ । यो लजको क्षमता २४ जनाको छ ।

    सहकारीमार्फत सामुदायिक लजका साथै पाउद्धारमा घरबास (होमस्टे) र तातोपानी कुण्ड–भालखरा–खोपारा–खयर–खोपारा–लेरेनी–पाउद्वार जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजाले बताए  ।

    फ्रान्सका दाताको सहयोगमा खोपारामा चार कोठे आठ जना क्षमताको नयाँ पाहुनाघर निर्माण अन्तिम चरणमा पुगेको छ ।

    अर्को पाहुनाघर पनि निर्माणको तयारीमा छ । खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषले खोपरामा दुई वटा आश्रयस्थल बनाएको छ । पाउद्वार, नारच्याङ, स्वाँता, बयली, ढाडखर्क हुँदै खोपारा एकै दिनमा पुग्न सकिन्छ ।

    पाउद्वार हुँदै खोपारा जाने बाटोमा दुई वटा चिया तथा खाजा र खाना खान पाइने रेष्टुरेन्ट खुलेका छन् । पाउद्धार गाउँमा पनि सुबिधा सम्पन्न होटलमा खानेबस्ने सुबिधा छ ।

    घोस्केखोर लघुजलबिद्युत परियोजनाबाट खोपारा, ढाडखर्क र बयलीको सामुदायिक लजमा बिद्युत आपूर्ति गराइएको छ । पुराना पदमार्ग सडकमा परिणत भएपछि खोपारालाई नयाँ गन्तब्य बनाउन समुदाय र स्थानीय तहले चासो दिएका छन् ।

    अन्नपूर्ण गाउपालिकाको रु दश लाख बजेटबाट पाउद्वार देखि खोपारा हँुदै खयर जाने विभिन्न ठाउँमा ८२० मिटर पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष राकेश पुर्जाले बताए । थप दश लाख बजेटबाट ढाँडखर्क हुँदै खोपारा जोड्ने पदमार्ग निर्माण शुरु भएको छ ।

    पाउद्वारका बासिन्दाले आफन्तको नाममा खोपरा र त्यहाँदेखि चार हजार ७०० मिटर उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण गर्दै आएका छन् ।

    खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष राजु पुनका अनुसार पछिल्लो आठ वर्षयता समुदाय तथा प्रवासमा रहेकाहरुबाट करिब रु डेढ करोड सहयोग जुटाएर खोपारा र खयर क्षेत्रमा पूर्वाधार निर्माण गरिएको छ । यसमा सरकारको सहयोग रु तीन लाख मात्र छ ।

    खयरभारानीको थान पुननिर्माण, पदमार्ग निर्माण, भक्तजन र पर्यटक बस्ने आश्रयस्थल निर्माण र खानेपानीको ब्यवस्था मिलाइएको छ ।

    खयरभारानीमा जनै पूर्णिमाका दिन लाग्ने मेलामा आफूले मागेको बर पुरा भएको भन्दै कतिपय भक्तजनहरुले आफन्तको नाममा चन्दा सहयोग गरेका छन् ।

    बेलायती सेनाको जागिरबाट सेवानिवृत्त भएपछि ६८ वर्षीय पुन विगत ९ वर्षयतादेखि खयरभारानीको सेवामा सक्रिय छन् । उकालो र चिप्लो तथा भिरको बाटो भएकाले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि ढुंगासहितको सिँढी निर्माण गरिएको छ । पदमार्गको ठाउँ गाउँमा विश्राम गर्ने चौतारी बनाइएको छ ।

    पदमार्ग, सामुदायिक लज, खानेपानी र आश्रयस्थलको सुबिधा भएपछि खोपारा र खयरभारानीको पर्यटन विकासमा मद्दत पुगेको छ ।

    स्थानीयको सक्रियतालाई मुर्तरुप दिन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साथ र सहयोग आवश्यक रहेको कोषका अध्यक्ष पुनले बताए  ।

    सबै तस्बिरः गुगल

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम
    तीन बजे नवनियुक्त मन्त्रीको शपथ
    सरकार र मिटरब्याजीपीडित आज पुन: वार्तामा बस्ने
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Who May Have To The Asian Dating Sites And You Can Software?

    • २.
      Local Singles Dating Reviews Ryan Grocery & Processing, Inc

    • ३.
      ‎Tinder Dating New People On The App Store

    • ४.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • ५.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ६.
      इलाम कारागारबाट थुनुवा फरार

    • ७.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.