• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

फेदीखोलामा ‘मजदूर सञ्चयकोष’ स्थापना

  •  मेन समाचार संवाददाता
  • १४ कार्तिक २०७७, शुक्रबार १५:१३ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर: गुगल

    काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ ।

    पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

    “ दैनिक रु ८०० देखि एक हजार ५०० सम्म आम्दानी गरे तापनि बचत गर्ने बानीको विकास नभएकै कारण श्रमिक वर्ग अप्ठ्यारोमा पर्ने गरेका छन्”, अध्यक्ष सुवेदीले भने, “जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो परेका बेला कोही पनि नहुने अवस्था आउने भएकाले बचतमा जोड दिनका लागि सो सञ्चयकोषको स्थापना गरिएको हो ।”

    सञ्चय कोषका लागि पालिकाभित्रका १८ देखि ५९ वर्ष उमेर समूहका ज्याला मजदूरी गर्ने विपन्न मजदूरलाई लक्षित गरी सो सञ्चयकोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताए । गाउँपालिकाले पालिकाभित्रका विपन्न मजदूरहरुलाई आ–आफ्नो वडामा सूचीकृत हुन सूचना जारी गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा सार्वजनिक विकास निर्माणका काममा मजदूरलाई संलग्न गराई उनीहरुको नाममा बैंकमा खाता खोल्ने र सोही खातामा उनीहरुको ज्याला रकमबाट १५ प्रतिशत र पालिकाबाट १५ प्रतिशत सञ्चय कोषमा जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष सुवेदीले बताए ।

    नेपाल सरकारबाट प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्राप्त भएको रु ५१ लाख रकमबाट पालिकामा सूचीकृत भएका विपन्न ज्यालादारीहरुलाई रोजगारीसहित सञ्चयकोषमार्फत रकम उपलब्ध गराइने भएको पालिकाका रोजगार सेवा केन्द्रका प्राविधिक सहायक युवराज पौडेलले बताए ।

    “पालिकाभित्रका ज्याला मजदूरी गर्ने सूचीकृत भएका विपन्नलाई मात्रै यस कार्यविधिभित्र समावेश गरिने छ”, पौडेलले भने, “जसले गर्दा यहीँका मजदूरले विकास निर्माणका कार्यमा सहभागी हुनेछन् र बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।”

    सञ्चयकोषमा जम्मा भएको रकम एक वर्षपछि मात्रै निकाल्न सकिने व्यवस्था रहेको छ । सम्बन्धित वडाध्यक्षको सिफारिसमा दीर्घरोगी भएको खण्डमा, घर बनाउनुपर्ने देखिएमा, छोराछोरीको शिक्षा, स्वास्थ्य र व्यवसाय सञ्चालनका लागि उनीहरुले सञ्चयकोषबाट रकम निकाल्न सक्ने पौडेलले बताए ।

    Share this:

    • Twitter
    • Facebook
    • Pinterest
    • WhatsApp
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बालुवाटारमा ओली र गौतमको अर्थपूर्ण डिनर मिटिङ
    काेराेनाकाे जाेखिम बढ्दै गर्दा छैन निगरानी, छैन सावधानी !
    एमालेका चार नेताले दायर गरेको रिट सर्वोच्चमा दर्ता
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बालुवाटारमा ओली र गौतमको अर्थपूर्ण डिनर मिटिङ

    • २.
      बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ ? यसरी गर्नुस् उजुरी

    • ३.
      राष्ट्रिय सभा उपनिर्वाचन जेठ ६ गते, मताधिकार क–कसलाई ?

    • ४.
      नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड

    • ५.
      दुइ थान भरुवा बन्दुकसहित पक्राउ

    • ६.
      कटकुवा स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाउने निर्णय

    • ७.
      कोरोना नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह

    • १.
      मन्त्रिपरिषद्को निर्णयः विद्यालय सहित भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द

    • २.
      मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँ पर्वको शुभकामना

    • ३.
      काेराेना नियन्त्रण गर्न जारी गरेकाे सरकारी आदेशमा केके छ ?

    • ४.
      उघ्रिँदै छ पुननिर्मित धरहराको घुम्टो (तस्बिरहरु)

    • ५.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      शनिबारको हावाहुरीले त्रिशुली नदीको निर्माणाधीन पुल उडायो

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.