• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

खाली खुट्टा दौडिएर नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने जितबहादुर

  •  सुदीप बुढाथोकी
  • १५ कार्तिक २०७७, शनिबार ०९:२४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    सबै तस्बिर: सुदीप बुढाथाेकी ।

    कुनैबेला खाली खुट्टा दौडिएरै नेपाललाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पदक जिताउन सफल पुराना खेलाडी जितबहादुर केसीको दिनचर्या अहिले फरक छ ।

    तैपनि बिगतमा आफूले हाँसिल गरेका उपलब्धी सम्झिँदा जितबहादुर अहिले पनि उत्तिकै रोमान्चित हुने गर्दछन् ।

    विसं २००४ सालमा दोलखाको चरिकोटमा जन्मिएका जितबहादुर २०२१ सालमा नेपाली सेनामा भर्नासँगै खेल क्षेत्रमा होमिएका थिए । सेनामा ५ माइलको दौडमा पहिलो भएपछि राष्ट्रिय खेलकुद परिषद्ले उनलाई काजमा राखेर तालिम दिन थाल्यो ।

    विसं २०२४ सालमा काठमाडौंमा आयोजित राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १० हजार मिटरको दौडमा प्रथम भएपछि जितबहादुरको खेल जीवनले नयाँ फड्को मार्यो ।

    सन् १९७० मा छैटौँ एसियाली खेलकुदमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका जितबहादुर सन् १९७३ मा फिलिपिन्सको राजधानी मनिलामा आयोजित एसियाली ट्र्याक एण्ड फिल्डको म्याराथन प्रतिस्पर्धामा नेपाललाई पहिलो अन्तरर्राष्ट्रिय पदक दिलाएर इतिहास रच्न सफल भएका थिए ।

    सो प्रतियोगितामा जितबहादुरले खाली खुट्टा दौडिएर नेपाललाई पहिलो कास्य पदक दिलाएका थिए ।

    जुत्ताको कुरा पनि रोचक छ । बासबारी छाला जुत्ता कारखानाले एउटा जुत्ता बनाएर दिएको थियो ।

    तर, त्यो १ दिन पनि टिकेन । मनिलामा भएको एसियन ट्रयाक एन्ड फिल्डमा म्याराथनमा दौड्दा जापनीज टाइगर जुत्ता लगाएर दौडिएका थिए ।

    तर दौड्ने क्रममा एउटा जुत्ता आधामा च्यात्तिएकोले बाँकी रहेको एउटा जुत्ता पनि त्यही मिल्काइदिए । खाली खुट्टा दौड्दा जितबहादुरका १० औंला रगताम्यै भएका थिए ।

    मुलुकलाई अन्तर्राष्ट्रिय पदक जिताएर काठमाडौं फर्किए लगत्तै राजधानीबासीले उनको स्वागतमा सिन्दुर जात्रा गरे ।

    तत्कालीन राजा वीरेन्द्रले जितबहादुरलाई तराईमा मौजा, काठमाडौंमा घर र दैनिक १० रुपैयाँ भत्ता दिन भनेका थिए ।

    व्यवस्था परिवर्तन भयो । तर आजसम्म पनि उनले केही पाएका छैनन् ।

    सन् १९७२ मा जर्मनीमा आयोजित म्युनिख ओलम्पिक्समा नेपालका तर्फबाट राष्ट्रिय झण्डा जितबहादुरले बोक्ने अवसर पाएका थिए ।

    सो प्रतियोगिताका क्रममा ‘ब्याल्क सेप्टेम्बर’ नामक प्यालेस्टिनी आतंकवादी समूहले इजरेली ओलम्पिक टोलीका सदस्यहरूलाई नियन्त्रणमा लिई हत्या गरेको घटना आफ्नो स्मरणमा अझै ताजै रहेको उनी बताउँछन् ।

    ४ दशक भन्दा अगाडिको खेलकुद प्रतियोगितामा आफूले गरेको दुःख र अहिले खेलकुदमा भएको विकास तुलना गर्नै नसकिने उनको अनुभव छ ।

    लोकतन्त्र आएपछि पनि बैकुण्ठ मानन्धर, दिपक विस्ट र संगिना वैद्यहरुलाई सरकारले पुरस्कार बापत पैसा दियो । तर त्यो पनि उनले नपाएको बताउँछन् ।

    वर्तमान खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मासिक १० हजारको व्यवस्था गरिदिएका छन् ।

    हाल राष्ट्रिय खेलकुद परिषद्मै काम गर्दे आएका जितबहादुर राज्यले खेलाडी र खेल क्षेत्रलाई उपेक्षा गर्न नहुने सुनाउँछन् ।

    खेलाडीको भविष्य सुनिश्चित गर्ने तर्फ ध्यान दिनु पर्ने उनको भनाई छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    भोलि नयाँ मन्त्रीहरुको सपथ
    प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री
    नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.