• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

महानगरले थाल्याे सराङकोटमा खानेपानी आयोजनाकाे काम

  •  मेन समाचार संवाददाता
  • १५ कार्तिक २०७७, शनिबार १९:१५ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    पोखरा महानगर र खानेपानी संस्थान पोखराको आर्थिक सहयोग एवं पोखराका वडा १,२ र १८ काे संयुक्त खानेपानी समन्वय समितिको सकृयतामा निर्माण गरिने सराङकोट लिप्टिङ खानेपानी आयोजनाको शनिबार शुभारम्भ गर्दै मेयर मानबहादुर जिसी । तस्बिर: हरि बास्तोला/रासस

    पाेखरा । लामो समयदेखि खानेपानीको समस्या भोगेका पोखरा महानगरपालिका वडा नं. १ र २ का उत्तरी भेग तथा वडा नं. १८ का दक्षिणी क्षेत्रका सर्वसाधारणले आगामी एक वर्षभित्र खानेपानीको सुविधा पाउने भएका छन् ।

    पहिलो चरणमा तीनवटै वडाका एक हजार घरधुरीमा खानेपानी सुविधा पुर्‍याउने लक्ष्यका साथ महानरपालिकाको दुई करोड ५५ लाख १५ हजार ७०० र नेपाल खानेपानी संस्थान, पोखरा शाखाको ८६ लाख सात हजार ७७८ को लागतमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।

    पोखराको खानेपानी वितरण गर्दै आइएको विन्ध्यवासिनीको पानीट्याङ्कीबाट २.८५ किलोमिटर मुख्य पाइपलाईन विस्तार गरी लिफ्टिङ प्रविधिबाट सराङकोटमा जम्मा गरी वितरण गर्न लागिएको हो ।

    सो खानेपानी योजनाको आज शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानेपानीको पहुँचमा सम्पूर्ण महानगरवासीलाई पुर्‍याउने लक्ष्यअनुरुप योजना अघि बढाइएको बताए ।

    “जनताले तिरेको करबाट खानेपानी योजनाका लागि आर्थिक सहयोग गरेको हो”, प्रमुख जिसीले भने, “महानगरले योजना सम्पन्न गर्ने संस्थानले पानीको शुल्क लिने व्यवस्थाको अन्त्य गरि एकद्वार प्रणाली आवश्यक छ ।”

    पोखरा महानगरपलिका वडा नं १ का वडाध्यक्ष शारदा पराजुली, २ का रामेश्वर मल्ल र १८ का रणबहादुर थापाले वडाभित्र लामो समयदेखि स्थानीयवासीले भोग्नुपरेका खानेपानीको समस्या योजना सम्पन्न भएसँगै समाधान हुने विश्वास व्यक्त गरे ।

    नेपाल खानेपानी संस्थानका प्रतिनिधि वसन्त भण्डारीले योजना तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै संस्थाले महानगरका १९ वटा वडामा खानेपानीको सुविधा पुर्‍याउँदै आएको र अन्य वडाहरुमा पनि शुद्ध खानेपानीको व्यवस्था गरिने जानकारी दिए ।

    सराङकोट खानेपानी आयोजना समन्वय समितिका संयोजक दिनेश श्रेष्ठका अनुसार सो योजना सम्पन्न भएसंगै वडा नं. १ को सिमपानी, २ को हिमालीटोल र १८ का अधेरीकुना, थम्की, लामाखेर, लामागाउँ, मिरुवा, घरेलु, पिपलडाँली, विन्ध्यश्वरीपाखा, र पोखरावेशीका वासिन्दालाई खानेपानी सुविधा पुग्नेछ ।

    सराङकोटस्थित घरेलुमा ७५ हजार र ठोट्नेखोला सामुदायिक वनको जौवारीमा निर्माण गरिने पाँच लाख लिटर क्षमताको छुट्टाछुट्टै दुई पानीट्याङकीबाट ८.९२ किलोमिटर वितरण लाइन विस्तार गरिने उनले जानकारी दिए ।

    महानगरपालिकाअन्तर्गतको योजना आगामी २०७८ आसोजमा सम्पन्न गर्ने गरी कृपा कन्स्टक्सन भरतपुर चितवन र २०७८ असार महिनामा सक्ने गरी संस्थानको पराजुली, सावित्री नौघरे जेभी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।

    प्रदेश सरकारले शुरु गरेको ‘एक घर: एक धारा’ अभियानलाई आयोजनाले सहयोग पुग्ने विश्वास लिइएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
    फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)
    सक्छ भने हटाएर देखाओस्, चुनावबाट दुई तिहाइ लिएर फेरि बालुवाटार जान्छुः प्रधानमन्त्री
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु

    • २.
      बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    • ३.
      मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने

    • ४.
      जर्मनीमा केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    • ५.
      चीनमा २५० नयाँ अर्बपति थपिए

    • ६.
      अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

    • ७.
      फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.