• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने

  •  मेन समाचार संवाददाता
  • १६ कार्तिक २०७७, आईतवार ०७:५३ प्रकाशित
    Advertisement
    फाइल तस्बिर । रासस

    बैतडी । बजार अनुगमनका क्रममा बैतडीमा संकलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ ।

    खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य ऐनबमोजिम कारवाही हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए ।

    “असोजको पहिलो सातादेखि बैतडीमा गरिएको बजार अनुगमनका क्रममा २७ ओटा नमूना संकलन गरिएका छन्, ती खाद्य वस्तुका नमूनाको प्रयोगशालामा गुणस्तर परीक्षण गरिने र गुणस्तरीय नपाइए कारवाही हुन्छ”, उनले भने ।

    यसअघि चार ओटा नमूना गुणस्तरीय नपाइएकाले कारवाहीको प्रक्रियामा रहेको लेखकले जानकारी दिए। असोजभन्दा पहिले संकलन गरिएका १५ नमूनामध्ये चार ओटा तोकिएको मापदण्डानुसार नपाइएको उनले बताए ।

    उनले भने, “दुई व्यवसायीमाथि जिल्ला प्रशासन कार्यालय बैतडीमा मुद्दा दायर गरिएको छ र अन्य दुई अनुसन्धानको क्रममा छन् ।” आठ लाखको अखाद्य वस्तु नष्ट बैतडीमा गत असोज पहिलो साताबाट गरिएको बजार अनुगमनका क्रममा सात लाख ७० हजारको म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको थियो ।

    संयुक्त बजार अनुगमन समितिले गत महिना विभिन्न बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो । असोज पहिलो सातादेखि असोज अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको थियो ।

    उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेको लेखकले जानकारी दिए ।

    उनले भने, “म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरुले हेर्ने गरेका छन् न उपभोक्ताले नै । बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेका छन् ।” बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ ।

    चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
    बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते
    मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

    • २.
      धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

    • ३.
      बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    • ४.
      निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थाले

    • ५.
      मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ

    • ६.
      गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो

    • ७.
      डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ३.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    • ४.
      नेपाल ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    • ५.
      गठबन्धनलाई हराउँदै एमालेको जित घिरिङ गाउँपालिकामा

    • ६.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • ७.
      झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.