• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

सांसदले पाउने २ कराेड बजेटमा २५ प्रतिशत कृषि, पशुपालन र पर्यटनलाई

  •  मेन समाचार संवाददाता
  • १६ कार्तिक २०७७, आईतवार १३:५० प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    पाेखरा । गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ प्रतिशत बजेट अनिवार्यरूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

    गत वर्षदेखि प्रदेशसभा सदस्यले छनोट गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोडका दरले बजेट व्यवस्था गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शुरु गरिएको थियो ।

    चालु आवमा ती कार्यक्रमका योजना छनोट गर्दा कृषि, पशुपालन र पर्यटनमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरी कार्यविधि संशोधन गरिएको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

    उनका अनुसार कोभिड–१९ को असर न्यूनीकरणका लागि कृषि, पशुपालन र पर्यटनलगायतका उत्पादनमूलक तथा सेवामूलक आयोजनामा सो बराबरको रकम विनियोजन गर्नुपर्नेछ ।

    त्यसैगरी कूल बजेटको ३० प्रतिशत रकम समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यका लागि छुट्याउनुपर्ने गरी यस वर्ष कार्यविधि संशोधन गरिएको छ ।

    यसअघि प्रत्यक्ष र समानुपातिकका सदस्यको समन्वयमा निर्वाचन क्षेत्रमा सो कार्यक्रममार्फत दुई करोडका योजना सम्पन्न भएका थिए ।

    पूर्वाधार कार्यक्रमअन्तर्गत २५ लाखका दुईसहित अधिकतम २५ वटासम्म योजना छनोट गर्न सकिने कार्यविधिमा उल्लेख छ । साना आयोजना छनोट गर्दा एक लाखका तीनवटा र दुई लाखका पाँचवटामा नबढ्ने गरी छनोट गर्नुपर्नेछ ।

    आयोजना नदी, गल्छी, बाढी तथा पहिरो नियन्त्रण तथा सिँचाइका योजना, सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, सरसफाइ तथा फोहरमैला व्यवस्थापन, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विकस्थलको संरक्षण, दृश्यावलोकनस्थल निर्माण, कृषि उपज सङ्कलन केन्द्र निर्माणमा लगाउनुपर्नेछ ।

    त्यसैगरी पशुपक्षी हाटबजार व्यवस्थापन तथा कृषिसम्बन्धी अन्य आयोजना, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार, खेलकूद मैदान तथा पूर्वाधार निर्माण, लघु तथा घरेलु उद्यम विकासको पूर्वाधारलगायतका क्षेत्रमा केन्द्रित भएर योजना छनोट गर्नुपर्ने व्यवस्था छ ।

    जिल्लास्थित पूर्वाधार विकास कार्यालयलाई यस वर्ष कार्यक्रम कार्यान्वयनका लागि तोकिएको मन्त्री बस्नेतले जानकारी दिए।

    चालु आर्थिक वर्षका योजना कात्तिक मसान्तभित्र योजना छनोट गरिसक्नुपर्ने व्यवस्था छ । गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित ३६ र समानुपातिक २४ गरी ६० प्रदेशसभा सदस्य छन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरिम आदेश
    डा. केसीले स्थगित गरे २० औँ अनशन
    केपी ओली समूहको विरेन्द्रनगरको आमसभा स्थगित
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन

    • २.
      छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

    • ३.
      समृद्धिका लागि स्थिरता आवश्यक छः शेखर गोल्छा

    • ४.
      नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः सुरेन्द्र पाण्डे

    • ५.
      पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरिम आदेश

    • ६.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ७.
      सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने प्रचण्ड–माधव पक्षको निष्कर्श

    • १.
      धादिङ्गको पाल्पा भञ्ज्याङ्गमा बस दुर्घटनाः ८ जना घाइते, एकको अवस्था गम्भिर !

    • २.
      भागरथी हत्याका आरोपित किशोरले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकारे

    • ३.
      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूको प्रदर्शन

    • ४.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ५.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ६.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ७.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.