• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

प्रधानमन्त्रीद्वारा गोदावरीमा निर्माणाधीन सम्मेलन केन्द्रको निरीक्षण

  •  मेन समाचार संवाददाता
  • १६ कार्तिक २०७७, आईतवार १९:४४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन् ।

    प्रधानमन्त्री ओली गोदावारी नगरपालिका–३ स्थित सम्मेलन केन्द्रको निर्माणबारे प्रगति बुझ्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिकरुपमा गोदावरी पुगेका हुन् ।

    अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिए ।

    सो अवसरमा मन्त्री श्रेष्ठले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिएका छन् ।

    आगामी माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उहाँले शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिए ।

    विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको छ ।

    करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी–समानान्तर जेभीले ५८ करोड २४ लाखमा ठेक्का पाएको हो । विभागका महानिर्देशक मणिराम गेलालले हालसम्म ६५ प्रतिशत प्रगति भइसकेको जानकारी दिए ।

    निर्माण कम्पनीका तर्फबाट साइट इञ्जिनीयर पवन मैनालीका अनुसार हाल धमाधम वाल पुटिङ र वरिपरी पर्खाल लगाउने काम भइरहेको छ, अब भवनमा छानो हाल्न र भित्र आवश्यक सामग्री जडान गर्न मात्र बाँकी छ ।

    अवलोकनमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, संघीय सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, शहरी विकास मन्त्रालयका सचिव डा. रमेशकुमार सिंह, नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारलगायतको टोली पुगेको थियो ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ : उपसभापति खड्का
    गणकपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित
    द्वन्द्वकालीन घटनामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित हुँदैन: देव गुरुङ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.