काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालभर २,९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यति नै अवधिमा थप २४ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालभर एक लाख ३८ हजार ९९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, मृत्यु हुनेको कुल संख्या ९८४ पुगेको छ ।
बितेको २४ घन्टामा ३,१५० जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७,५२४ पुगेको छ ।
उपत्यकामा मात्रै पछिल्लो २४ घन्टामा १,६३० जनामा संक्रमण भेटिएको छ । काठमाडौंमा १,३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जनामा कोरोना पुष्टि भएको हो ।