• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

सिंहदरबारको पूर्वी भागकाे प्रबलीकरण मंसिरभित्रै सकिने

  •  मेन समाचार संवाददाता
  • १७ कार्तिक २०७७, सोमबार १८:१७ प्रकाशित
    Advertisement
    Advertisement
    सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद भवनमा काम गर्दै श्रमिक । निर्माणाधीन सो भवन तीन वर्षमा निमार्ण सम्पन्न हुने लक्ष्य लिएको छ । तस्बिर: रोशन सापकोटा/रासस

    काठमाडाैं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मंसिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ ।

    पूर्वी भागको प्रवलीकरणको काम सकी आन्तरिक साजसजावटको काम भइरहेकाले मङ्सिर मसान्तभित्र सकी त्यसलगत्तै नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।

    उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्यअनुसार नै कामसक्ने एकाइको प्रतिबद्धता छ ।

    पूर्वी भाग प्रवलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि मंसिर मसान्तमै काम सकिने उनको भनाइ छ । रानीपोखरी उद्घाटन समारोहमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पनि मंसिर मसान्तभित्र काम सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनमा सारिने प्रतिबद्धता जनाएका थिए ।

    गौरी/शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रवलीकरण गरिरहेको छ । उत्तर, पूर्व र दक्षिण भाग प्रवलीकरणको लागत ७५ करोड रहेको पनि आयोजना निर्देशक सिंहले बताए ।

    उत्तर र दक्षिणी भागको कामका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सँगसँगै भइरहेको छ ।

    सिंहदरबार पश्चिमी भाग प्रवलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ चैतसम्ममा सकिने एकाईले जनाएको छ ।

    सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनःनिर्माणको कामसमेत शुरु भइसकेको छ । सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो ।

    यो विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनःनिर्माण गरिएको हो ।

    सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ । भूकम्पले क्षतिग्रस्त भएका सिंहदरबार पुनःनिर्माण गर्ने कि प्रवलीकरण भनेर लामो विवाद भएको थियो ।

    पुरातत्वविद्लगायत प्राविधिकले अध्ययन गरी प्रवलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो । जसले गर्दा प्रवलीकरणमा समय लागेको हो ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी बर्साइयो
    काँग्रेस पदाधिकारी बैठक शुरु, देउवा र पौडेल अनुपस्थित
    तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छः नेता सिंह
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      उकालो लाग्यो कोरोनाको ग्राफ, स्वास्थ्य मापदण्ड पालनामा उदासीनता

    • २.
      १५ तस्बिरमा हेर्नुहोस्, टुँडिखेलको घोडेजात्रा

    • ३.
      सुदूरपश्चिमका जिल्लाहरुमा खनाल–नेपाल समूहको समानान्तर कमिटी घोषणा

    • ४.
      शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी बर्साइयो

    • ५.
      चौबिस घण्टामा थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

    • ६.
      महाकाली–मेची जागरण अभियानः भरतपुरमा मोटरसाइकल र्‍याली

    • ७.
      काँग्रेस पदाधिकारी बैठक शुरु, देउवा र पौडेल अनुपस्थित

    • १.
      हत्या गरि फरार रहेका धादिङ खनियावासका घर्ती तामाङ पक्राउ

    • २.
      धर्मेन्द्र अर्थात् भर्सटाइल गायक

    • ३.
      भोलिबाट चिनियाँ खोप लगाउन सुरुः क-कसले पाउँछन् खोप ? कहाँ कहाँ छन् खोप केन्द्र ?

    • ४.
      सुदेश पराजुलीसहित अनेरास्ववियुका तीन नेता साधारण सदस्यसमेत नरहने गरि निष्कासित

    • ५.
      सोना आमात्यको ‘मेरो माया करोडमा’टिकटक प्रतियोगिता , बिजेतालाई ५० हजार र फोन

    • ६.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ७.
      तीन दलको बैठकअघि देउवाको आक्रामक अभिव्यक्तिः ‘ओलीले लात हानेपछि प्रचण्डलाई ठिक भएको छ’

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.