काठमाडौं । बितेको २४ घन्टामा मुलुकभर थप २० जना कोरोना संक्रमितको निधन भएसँगै मृतकको संख्या हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल मृतकको संख्या १ हजार ४ रहेको छ ।
पछिल्लो २४ घन्टामा थप ३,११४ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यति नै अवधिमा थप ३,१४२ जना संक्रमण मुक्त भएको मन्त्रालयको अभिलेख छ ।
देशभरीमा हालसम्म १ लाख ७९ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।
त्यसमध्ये ३७ हजार ४७६ जनामा सक्रिय संक्रमण छ भने १ लाख ४१ हजार १३४ जना संक्रमणमुक्त भइसकेका छन् । ३० हजार ६९४ जना घरमै आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा ११,१६६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
कुन ठाउँका हुन मृतक?
हालसम्म मृत्यु हुनेहरुमा काठमाडौं उपत्यकाका तीन जिल्लाका मात्रै गरेर ३८० जना छन् ।
प्रदेशअनुसार बागमती प्रदेशका ५०३ जना, प्रदेश नं २ का १५९ जना, लुम्बिनी प्रदेशका १३८ जना र प्रदेश नं १ का ११९ जना रहेका छन् ।
गण्डकी प्रदेशमा ५५ जना, सुदूरपश्चिम प्रदेशमा १७ जना र कर्णाली प्रदेशमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।