• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

आहा ! मानहुँकोट (तस्बिरहरु)

  •  मेन समाचार संवाददाता
  • १८ कार्तिक २०७७, मंगलवार १८:४८ प्रकाशित
    Advertisement
    Advertisement
    सबै तस्बिर-रासस

    तनहुँ । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् ।

    फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ ।

    चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट आइपुगेको जानकारी दिए । “बिहानको समयमा सूर्योदय र कुहिरोको दृश्यले मनै लोभ्याउँछ”, उनले भने, “मानहुँकोट साँच्चिकै मनमोहक रहेछ ।”

    पोखरा र चितवनको बीच भागमा रहेको र राजमार्गबाट पनि नजिक भएकाले मानहुँकोटको भविष्य उज्ज्वल रहेको थापाले बताए ।

    चितवनबाटै आइपुगेका विनेश थापाले मानहुँकोटबाट बिहानको समयमा देखिने दृश्य सुन्दर र मनमोहक रहेको बताए ।

    “भिडियोमा मात्रै देखेकोभन्दा आफ्नै आँखाले हेरेपछि अझ मोहित भएँ”, उनले भने, “सामाजिक सञ्जालमा यसको जति चर्चा छ, त्यति नै आकर्षणयुक्त रहेछ यो ठाउँ ।”

    पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    “दैनिक करिब एक हजार पर्यटक मानहुँकोट आएका छन्”, उनले भने, “सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।”

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको बताए।

    “मानहुँको पर्यटनले एउटा गति लिइसकेको छ, यसको विकासका लागि थप योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको छ”, न्यौपानेले भने ।

    मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ ।

    थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।

    मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य यहाँबाट देखिन्छ ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    काठमाडौँको अधिकांश स्थानमा मेलम्चीको पानी वितरण भएन
    प्रतिनिधिसभाका विभिन्न समितिमा पदाधिकारी हेरफेर
    गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      राष्ट्रिय यु–१९ टोलीलाई चौधरी ग्रुपको साथ

    • २.
      काठमाडौँको अधिकांश स्थानमा मेलम्चीको पानी वितरण भएन

    • ३.
      प्रतिनिधिसभाका विभिन्न समितिमा पदाधिकारी हेरफेर

    • ४.
      गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

    • ५.
      ४९६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १३ जनाको मृत्यु

    • ६.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • ७.
      यसकारण लाग्छ दाँतमा ‘किरा’, कसरी गर्ने दाँतको स्याहार ?

    • १.
      हत्या गरि फरार रहेका धादिङ खनियावासका घर्ती तामाङ पक्राउ

    • २.
      धर्मेन्द्र अर्थात् भर्सटाइल गायक

    • ३.
      भोलिबाट चिनियाँ खोप लगाउन सुरुः क-कसले पाउँछन् खोप ? कहाँ कहाँ छन् खोप केन्द्र ?

    • ४.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      सुदेश पराजुलीसहित अनेरास्ववियुका तीन नेता साधारण सदस्यसमेत नरहने गरि निष्कासित

    • ७.
      शैक्षिक संस्था भौतिक रूपमा सञ्चालन नगर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.