• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

पत्रकार शर्मा सम्मानित

  •  मेन समाचार संवाददाता
  • १९ कार्तिक २०७७, बुधबार १४:२६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर । रासस

    पाेखरा । राष्ट्रिय समाचार समिति (रासस) पोखरा समाचारदाता जमुना वर्षा शर्मा ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित भएकी छन् ।

    ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको १६औँ अधिवेशन एवं २७औँ वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले १० हजार नगदसहित सम्मानपत्र र दोसल्लाबाट उनलाई सम्मान गरे ।

    पर्वतीय पर्यटनका साथै समग्र पर्यटनका विविध पक्षमा पत्रकारिताका माध्यमबाट योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा उद्योगमन्त्री लम्सालले कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताउँदै यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवद्र्धनमा लागेको जानकारी दिए ।

    कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक १३ करोडभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको बताउँदै उनले प्रकृति, संस्कृतिका साथै साहसिक पर्यटन यहाँको विशिष्टता भएको उल्लेख गरे।

    कोरोना कहरका कारण सिर्जित असहज परिस्थितिलाई दृष्टिगत गरी व्यवसायको रक्षाका लागि सरकारले छुट्याएको एक अर्बको कोष चाँडै व्यवसायीका हातमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

    पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पाँच खर्बभन्दा बढी लगानी भएको पर्यटन क्षेत्रमा कोरोना सङ्क्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताए ।

    कोरोनाले विभिन्न क्षेत्र धराशायी बनाएको उल्लेख गर्दै उनले सरकारले मौद्रिक नीति कार्यान्वयनमा ल्याउन नसकेको बताए।

    टानका केन्द्रीय उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वय गर्नुपर्नेमा जोड दिए।

    टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रा पर्यटनसहित समग्र पर्यटन नै संकटमा परेको बताए ।

    टान पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल, सचिव जीवनराज सापकोटालगायतले पदयात्रा पर्यटनमा देखिएका समस्याबारे उल्लेख गरे ।

    अधिवेशन तथा साधारणसभाका अवसरमा संघका तर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधीन भवनका लागि ५० हजार उपलब्ध गराइएको थियो ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
    फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)
    सक्छ भने हटाएर देखाओस्, चुनावबाट दुई तिहाइ लिएर फेरि बालुवाटार जान्छुः प्रधानमन्त्री
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु

    • २.
      बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    • ३.
      मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने

    • ४.
      जर्मनीमा केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    • ५.
      चीनमा २५० नयाँ अर्बपति थपिए

    • ६.
      अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

    • ७.
      फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.