• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

नेपाली कांग्रेसको चौधौं महाधिवेशन र महिला नेतृत्वबारे छलफल

  •  मेन समाचार संवाददाता
  • १९ कार्तिक २०७७, बुधबार २२:५६ प्रकाशित
    Advertisement

    काठमाडाैं । गिरिजा प्रसाद कोईराला फाउण्डेशनको आयोजनामा नेपाली कांग्रेसको चौधौं महाधिवेशन र महिला नेतृत्वबारे नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्यहरुबीच भर्चुअल छलफल कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

    फाउण्डेशनका अध्यक्ष एवं पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोईरालाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सहभागी केन्द्रीय महिला नेताहरु बिचमा साझा निष्कर्ष निकालिएको छ ।

    नेपाली कांग्रेसले महिला सहभागिताको लागि कम्तिमा ३३ प्रतिशत महिलाहरुलाई क्रियाशिल सदस्यता बनाउनै पर्ने, केन्द्रदेखि पार्टिको तल्लो निकायसम्म रहेका आठ वटै संरचनामा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने, महिला माथिको हिंसा, बलात्कार र हत्याको घोर भत्र्सना गर्दै दोषिलाई कारवाही र पीडितलाई न्याय दिलाउनका लागि सरकारको ध्यानाकर्षण गराउने बिषयमा गम्भीर छलफल भएको अध्यक्ष सुजाता कोईरालाले बताइन् ।

    उक्त छलफलमा बोल्दै महिला केन्द्रीय सदस्यहरुले सरकारले बहुमतको आधारमा संविधान मिच्ने, संघिय लोकतान्त्रिक गणतन्त्रलाई नै स्वीकार नगर्ने, संवैधानिक निकाय माथिको हस्तक्षेप गर्ने कुरा कुनै पनि हालतमा स्विकार्य नहुने, वर्तमान समयमा कोरोनाको महामारी बढिरहेकोले निशुल्क रुपमा स्वास्थ्य परिक्षण र उपचार सरकारले गर्नुपर्ने बताएका छन् ।

    कोभिड १९ का कारण विश्वभरि परेको असरसँगै नेपालमा गरीब निमुखा, दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्ने वर्गको अवस्थालाई मध्यनजर राखी जारी राखिएको निशुल्क रुपमा खाना खुवाउने अभियानलाई रोक्नुपर्ने भनी सरकार र काठमाडाैं महानगरपालिकाले दिएको अभिव्यक्ति मानवता विरोधी भएको हुँदा यस कार्यलाई तत्कालै रोक्नुपर्ने कुरामा समेत जोड दिइएको छ ।

    उक्त कार्यक्रममा नेपाली कांग्रेस पार्टी कोषाध्यक्ष तथा पूर्व मन्त्री सीतादेवी यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा.डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्त, रत्ना शेरचन, किरण यादव, सिता गुरुङ, सुजाता परियार लगायतका केन्द्रीय नेताहरुले आफ्नो विचार राखेका थिए।

    जिपी कोईराला फाउण्डेशनले केही दिन अघि मात्र नेपाल महिला संघका जिल्ला सभापतिहरुसँग समेत भर्चुअल छलफल कार्यक्रम सम्पन्न गरेको फाउण्डेशनका आ.केन्द्रीय सदस्य विमला भण्डारीले जानकारी दिइन् । आगामी महाधिवेशनमा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउनका लागि यस्ता छलफल कार्यक्रम कोशेढुंगा सावित हुने जनाइएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    राजेन्द्र महतो बारा २ मा लड्ने
    कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
    रास्वपाले डा वाग्लेलाई उम्मेदवार प्रस्ताव गरेपछि कांग्रेसमा खैलाबैला
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      CMT Thrive Summit Dating With A Disability HNF

    • २.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • ३.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ४.
      5 Ways To Block Adult Sites

    • ५.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ६.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • ७.
      ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      यात्रु अभावले उडान बन्द

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.